२०८३ साउन ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरिरहेको कैलाको गेटास्थित गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गर्न परिपत्र गरेको छ ।

बुधबार मन्त्रालयले गेटा अस्पतालका निमित्त निर्देशक रहेका डा. प्रमोद कुमार यादवलाई उक्त अस्पताल आवश्यक प्रक्रिया मिलाएर विश्वविद्यालयलाई हस्तान्तरण गर्न/गराउन परिपत्र गरेको हो ।

यसअघि २४ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालन गर्न दिने स्वीकृती प्रदान गरेको थियो ।

त्यस्तै, विश्वविद्यालयको ३१ असारमा बसेको सिनेट बैठकले शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी समेत रजिष्ट्रारलाई दिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ