२०८३ साउन ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी रजिष्ट्रारलाई

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी रजिष्ट्रारलाई


काठमाडौं—नेपालको एकमात्रै स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा रहेको कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी विश्वविद्यालयका रजिष्ट्रारलाई दिइएको छ । ३१ असारमा बसेको सिनेट बैठकले विश्वविद्यालयमा पदाधिकारी नियुक्तिसँगै शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी राजिष्ट्रार डा. भिम चन्दलाई प्रदान गरेको हो ।

विश्वविद्यालको सिनेट बैठकले ३१ असारमा उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. चन्दलाई नियुक्त गरेको थियो । सोही दिन विश्वविद्यालयको शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी पनि डा. चन्दलाई दिइएको थियो ।

२४ असारमा सरकारले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको थियो । त्यसअघि गेटा अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको थियो । अस्पताल स्वास्थ्यअन्तर्गत रहँदा निर्देशक डा. प्रमोद यादव थिए ।

गेटा शिक्षण अस्पताललाई २०० शय्यामा सञ्चालन गर्ने तयारी छ ।

विश्वविद्यालयमा ऐनमा व्यवस्था भएअनुसार शैक्षिक कार्यक्रम सञ्चालनसँगै प्रिन्सिपल, डिन र अस्पताल निर्देशकको पदपूर्ति समितिको सिफारिसमा उपकुलपतिले नियुक्त गर्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ