२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पुरूषमा बढ्दैंछ ‘गाइनोकोमास्टिया’

पुरूषमा बढ्दैंछ ‘गाइनोकोमास्टिया’

कोशीमा सफल उपचार


विराटनगर—झापाको दमकका २८ वर्षीय श्याम पोखरेल (नाम परिवर्तन)को छात्ती अस्वभाविक ठूलो भएपछि तनावमा थिए । विगत ३-४ वर्ष अगाडिदेखि उनको स्तन अस्वभाविक रूपमा बढदै गएकोले उनलाई हिड्डुलमा असहज हुने गरेको थियो ।

त्यसको असर उन कतिसम्म प¥यो भने साथीहरुले जिस्काउने गरेकोले बीचमा नै पढाइ छाड्न बाध्य भए । त्यसपछि उनी झापाबाट विराटनगर आए । विराटनगरको एक होटलमा आएर कुकको काम गरे ।

यही बीचमा अस्पताल जाने निधो गरे । कोशी अस्पतालमा उपचार गर्न आए । डेढ महिना अगाडि उनी अस्पतालको ओपीडीमा प्लाष्टिक सर्जन डा. अनुराग थापा र डा. अजय ढकाललाई देखाए । चिकित्सकले उनको स्वास्थ्य जाँच गरेपछि ‘गाइनोकोमास्टिया’ रोग भएको पत्ता लागो ।

शल्यक्रिया गरेपछि यसको उपचार सम्भव हुने भएपछि उनले कोशी अस्पतालमा एक महिना अगाडि शल्यक्रिया गरे । डा. थापा र डा. ढकालको टिमले लाइपसक्सन प्रविधिबाट गाइनोकोमास्टिया रोगको सफल शल्यक्रिया गरेपछि श्याम अहिले ठिक छन् ।

‘छोरा मान्छेमा स्तन स्तन अस्वभाविक ठूलो भएर गएको थियो । यसलाई मेडिकल भाषमा गाइनोकोमास्टिया भनिन्छ । यो हर्मोनको कारणले पुरुषको स्तन वृद्धि हुने एउटा रोग हो,’ डा. थापा भन्छन्, ‘जब पुरुषमा टेस्टोस्टेरोन हर्मोनको मात्रा अत्याधिक र स्त्रीमा हुने स्ट्रोजन हर्मोनको मात्रा कम हुन्छ । एक आपसमा दुई वटा हर्मोनको सन्तुलन भइरहँदा टेस्टोस्टेरोनको प्रभुत्व बढी हुँदा समस्या हुँदैन् । तर, केही गरी टेस्टोस्टेरोनको कमी भएमा या स्ट्रोजन बढेमा स्तनको आकारमा वृद्धि हुन्छ ।’ डा. थापाकाअनुसार यो प्रक्रिया युवा अवस्थामा भएमा सामान्य मानिन्छ तर युवा अवस्थापछि पनि रह्यो भने त्यो असामान्य मानिन्छ ।

गाइनोकोमास्टिया हुँदा स्तनको आकार बढेर आउने हुनाले पहिचानपछि उपचार गरिनुपर्ने उनले बताए । ‘कहिलेकाहीं मोटोपनका कारण पनि स्तनमा बोसो बढी भएर आकारमा परिवर्तन आउने गर्छ । तर, गाइनोकोमास्टिया भनेको बोसो वृद्धि नभएर ग्रन्थीको वृद्धि हो,’ उनले भने, ‘ गाइनोकोमास्टियाको कोशी अस्पतालमा हामीले उपचार गर्ने गरेका छौं ।’

गाइनोकोमास्टिया रोगको उपचारमा संलग्न कोशी अस्पतालका प्लाष्टिक सर्जरी डा. अनुराग थापा र डा. अजय ढकाल ।

अहिले गाइनोकोमास्टिया बिरामी कोशीमा आउने क्रम पनि बढेको उनले बताए । ‘स्तनको आकार वृद्धि हुनुको कारण पहिचानपछि नै स्तन किन बढेको हो भन्ने बुझिन्छ । स्तन बढ्नुमा समान्यतया दुई कारण हुन्छन्,’ उनले भने, ‘यदि किशोरावस्थाबाट जवान अवस्थामा आउँदै गर्दा शरीरका अन्य अंग जस्तै स्तनमा पनि वृद्धि विकास सामान्य मानिन्छ । तर स्तनमा आएको वृद्धि ६ महिनादेखि १ वर्ष भित्रमा सामान्य रुपमा हराएर जान्छ । यदि स्तनको साइज ४ देखि ६ सेन्टिमिटर छ भने त्यसलाई असामान्य मानिन्छ । सोभन्दा कम छ भने सामान्य मानिन्छ ।’

सफल उपचार भएपछि श्याम अहिले कोशी अस्पतालमा चिकित्सकसँग दुई हप्ताको फरकमा स्वास्थ्य जाँचका लागि आउने गरेका छन् । फ्लोअपमा कोशीमा मंगलबार भेटिएका श्याम निक्कै हर्षित देखिन्थे । ‘शल्यक्रियापछि अहिले छोरा मान्छेको जस्तै छाती भएको छ । विगतको जस्तो छैन । उपचारपछि साथीहरुले जिस्काउन पनि छोडेका छन्,’ उनले भने, ‘उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ छु ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ