२०८३ कात्तिक ८, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

१७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने


काठमाडौं— सरकारले १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाकाअनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत पहिलो चरण १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनेछ ।

यसअघि २ र ३ कात्तिकमा राष्ट्रिय अभियानअन्तर्गत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्थ्यो । तर, उक्त मितिमा बडादशैं परेपछि कार्यक्रमको मिति संशोधन गरेर १७ र १८ कात्तिकका लागि तय गरिएको हो ।

परिवार कल्याण महाशाखाकाअनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

उक्त उमेर समूहका बालबालिकालाई तोकेको केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिनेछ ।

सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन गर्दै आएको छ। बालबालिकामा हुने स्वास्थ्य जोखिम र कुपोषणलाई न्यूनीकरण गर्नका लागि सरकारले वि.सं. २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रमलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको छ ।

जुकाको औषधि भने वि.सं. २०५६ सालदेखि खुवाउन थालिएको हो । प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ