२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशजनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी

जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी


बुटवल – बुटवल उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरुले मोबाइलबाटै स्वास्थ्य सेवा दिन थालेका छन् । लकडाउनका कारण आवातजावतमा समस्या भैरहँदा यहाँका स्वास्थ्यकर्मीलाई सामान्य स्वास्थ्य समस्याको बारेमा मोबाइलबाटैं जानकारी दिन खटाइएको हो ।

उपमहानगरपालिकाका १९ वटा वडाहरुलाई लक्षित गरि सञ्चालनमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा फिवर क्लिनिकका साथै प्राथमिक उपचार सेवालाई अझ प्रभावकारी बनाउने काम भइरहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।उपमहानरगरका विभिन्न ठाउँका स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई समय तालिका निर्धारण गर्दै हटलाइन सेवामा खटाइएको छ ।

जुनसुकै समयमा पनि उपलव्ध सेवा लिन सक्नेगरि स्वास्थ्यकर्मीहरुको नाम र सम्पर्क नम्बरसहितको जानकारी पत्र वडा र टोल–टोलमा पठाइएको हो । हृदया अधिकारी, हस्त हितांग, पदमपाणी अर्याल, सन्तोष पन्थी, पुजन ज्ञवाली, डा. राजिव केसी, राजेन्द्र गिरी तथा युवराज पाण्डेय र खिमबहादुर पौडेललाई हटलाईन सेवामा खटाइएको छ ।

यसैबीच बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसीयू र भेन्टिलेटरसहितका बेडहरु थप गरिँदै छ । बुटवल उप–महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण भएको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा १० बेडको आइसीयूसहित भेन्टिलेटर कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

यता, प्रदेश स्तरको रुपन्देही फ्लोर मिल एशोसिएशनले लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीका लागि आठ हजार थान मास्क र केही सेनेटाइजर प्रदान गरेको छ । उपचारमा जोखिम मोल्दै हरदम खटिरहनुपर्ने स्वास्थ्यकर्मीका लागि हौसला बढाउनका लागि सानै भए पनि सहयोग सामग्री प्रदान गरिएको अध्यक्ष श्रीकृष्ण पोखरेलले बताए । उनले अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भटराईले हस्तान्तण गरे । भटराईले सङ्कटको बेला स्वास्थ्यकर्मिको लागी राहत हुने बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ