२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वचीनमा ८० प्रतिशतले घट्यो कोभिड-१९ मृत्युदर

चीनमा ८० प्रतिशतले घट्यो कोभिड-१९ मृत्युदर


चीनमा दैनिक रुपमा कोभिड १९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या महिनाको सुरुवात भएदेखि ८० प्रतिशतले घटेको छ । विज्ञहरूले यो गिरावटलाई कोभिड सङ्क्रमणको दर कम हुन लागेको सङ्केतको रूपमा लिएका छन् ।

बेइजिङले गत महिना अचानक आफ्नो शून्य–कोभिड नीति समाप्त गरेदेखि विश्वको सबैभन्दा जनसङ्ख्या भएको चीनमा भाइरसका केसको लहर आएको थियो ।

चीनको चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गत जनवरीको १३ देखि १९ तारिखका बिचमा कोभिडबाट १३ हजार मानिसहरूको मृत्यु भएको जनाएको थियो । तर उक्त सेन्टरले अघिल्लो महिनामा लगभग ६० हजार मानिसको मृत्यु भएको जनाएको थियो ।

हाल चीनका स्थानीय सरकारी घोषणा तथा मिडियाहरूले डिसेम्बरको अन्त्य र जनवरीको सुरुमा उकालो लागेको सङ्क्रमण हाल ओरालो झरिरहेको सङ्केत गरेका छन् ।

सोमबार अस्पतालहरूमा भाइरसका कारण ८९६ जनाको मृत्यु भएको थियो, जुन जनवरी ४ को तुलनामा ७९ प्रतिशतले घटेको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले बुधवार एक विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा अस्पतालहरूमा गम्भीर केसहरू पनि सोमबार सम्म घटेर ३६ हजारमा मा पुगेका छन्, जुन जनवरी ५ को तुलनामा मा १ लाख २८ हजार को उच्च तथ्याङ्कबाट ७२ प्रतिशतले घटेको जनाइएको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ