२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वयुक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव

युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युक्रेनलाई अनुसन्धान प्रयोगशालाहरूमा राखिएको कुनै पनि खतरनाक रोगजनक जीवाणु/किटाणु नष्ट गर्न सुझाव दिएको छ। प्रयोगशालामा राखिएको कुनै पनि तत्वले रोग फैलिन सक्ने भन्दै रोगजनक जीवाणु/किटाणुलाई नष्ट गर्न सुझाएका हुन्।

बायोसेक्युरिटी विज्ञहरू, ‘रूसको युक्रेनमा सेनाको आवागमन र यसका शहरहरूमा बमबारीले रोग निम्त्याउन सक्ने रोगजनकहरूबाट जोखिम बढाएको छ, यदि तीमध्ये कुनै क्षति भएमा ठुलो रोग फैलन सक्छ।’

युक्रेनमा सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरू छन् जसले कोभिड-१९ लगायत मानिस र जनावरहरूमा हुने खतरनाक रोगहरूको अध्ययन गर्छन्। यी मध्ये केही प्रयोगशालाहरूले विगतमा अमेरिका, ईयू र डब्ल्यूएचओबाट सहयोग प्राप्त गरेका छन्।

युक्रेनलाई डब्ल्यूएचओको सहायता र रुसको आक्रमणबाट उत्पन्न खतराको बारेमा सोधिएको प्रश्नको जवाफमा, ‘संगठनले इमेलमार्फत जवाफ दिंदै भन्यो, ‘लामो समयदेखि युक्रेनको सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूसँग नजिकबाट काम गरिरहेको छ। यसको उद्देश्य रोगजनकहरूको चुहावटबाट हुने क्षतिलाई रोक्नु हो।’

ल्याबहरू अब रसिया र पश्चिमबीचको प्रचार युद्धको केन्द्रमा छन्। रसियाले युक्रेनलाई अमेरिकाद्वारा सञ्चालित जैविक र रासायनिक हतियार बनाइरहेको आरोप लगाएको छ।

-बीबीसी


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ