२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्य३ डोज खोप लगाइसकेका इजरायलका दुई डाक्टरमा ओमिक्रोन भेरियन्ट पुष्टि

३ डोज खोप लगाइसकेका इजरायलका दुई डाक्टरमा ओमिक्रोन भेरियन्ट पुष्टि


इजरायलमा दुई डाक्टरमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । तेल अभिभमा कार्यरत दुई डाक्टरमा नयाँ भेरियन्ट पुष्टि भएको हो।

संक्रमित ती दुवै डाक्टरले कोभिड विरुद्ध खोपको ३ डोज लगाइसकेका थिए। सीएनएनकाअनुसार शेबा मेडिकल सेन्टरले मंगलबार यसको पुष्टि गरेको हो। यो इजरायलमा भेरियन्ट समुदाय फैलिएको पहिलो घटना पनि हो।

केन्द्रका अनुसार संक्रमित एक चिकित्सकको उमेर ५० वर्ष रहेको छ । उनी लण्डनमा सम्मेलनका लागि गएका थिए । त्यहाँबाट फर्केको केही दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

बेलायत छाड्नुअघि र इजरायल फर्किंदा चिकित्सकको परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । त्यसैले आफ्नो काममा लाग्न थाले । त्यहाँ उनको कारणले अर्का डाक्टरमा पनि पोजेटिभ आएको छ । दोस्रो डाक्टरको उमेर करिब ७० वर्ष छ ।

दुवैमा कोरोनाका हल्का लक्षण देखिएको थियो । अहिले उनीहरु घरमै आइसोलेसनमा छन् । उनको सम्पर्कमा आएका सबैको परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको छ । यी दुई केसहरूसँगै, इजरायलमा ओमिक्रोन भेरियन्टका पुष्टि भएका केसहरूको संख्या ४ पुगेको छ।

एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ