२०८३ कात्तिक ८, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ

लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ


काठमाडौं—लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर नवनियुक्त मन्त्री घिमिरेलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

यसअघि गत २१ जेठमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी घिमिरेलाई दिने गरी प्रदेशसमक्ष सिफारिस गरेका छन् । उक्त सिफारिसलाई प्रदेश प्रमुख घर्तीमगरले स्वीकृत गर्दै घिमिरेलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए ।

घिमिरेसहित अन्य नवनियुक्त पाँच मन्त्रीहरुले सपथ लिएका छन् ।

यसअघि लुम्बिनीको स्वास्थ्यमन्त्रीमा खेमबहादुर सारु रहेका थिए । सारुले २० जेठ दिउँसो राजीनामा दिएका थिए ।

नवनियुक्त स्वास्थ्यमन्त्री घिमिरे अर्घाखाँचीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ