२०८३ साउन १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यदाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया

दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया


दाङ-संजीवनी टिचिङ हस्पिटल दाङमा जटिल न्यूरो शल्यक्रिया (हाइड्रोसेफलस) सम्पन्न भएको छ । दङ्गीशरण गाँउपालिका ३ की तीन वर्षीया संगीता थापाको टाउकोको सर्जरी (हाइड्रोसेफलस) सफल तरिकाले सम्पन्न गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिपक रोक्काले जानकारी दिए ।

उनकाअनुसार शल्यक्रिया गरिएकी बिरामी स्वास्थ्य लाभ पछि बिरामी डिस्चार्ज भइसकेकी छन् । मस्तिष्कमा सेरेब्रोस्पाइनल फ्लुड नामक तरल पदार्थ जम्मा हुने अवस्थालाई हाइड्रोसेफलस भनिन्छ ।

यसलाई साधारण भाषामा टाउकोमा अधिक पानी जम्ने समस्या भन्न सकिन्छ । टाउकोमा अधिक पानी जम्नाले मस्तिष्कमा चाप बढाउँछ जसले गर्दा टाउको अस्वाभाविक ठूलो देखिन्छ । उपत्यकाभन्दा बाहिर लगभग निकै कम हुने यो शल्यक्रिया संजीवनी टिचिङ हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. मुसाफिर आलम नेतृत्वको टिमले सम्पन्न गरेको हो ।

अस्पताल आउँदा बिरामीको टाउको असाध्यै ठूलो, निधार फुलेको आदि कारणले टाउको धान्न नसक्ने, बस्न बसक्ने र बिरामीले लगातार बान्ता गर्ने र बेचैन अवस्थामा रहेको पाइएको थियो । अप्रेशन पश्चात मस्तिष्कको चाप उल्लेख्य मात्रामा घटेको, वान्ता पूर्ण रुपमा रोकिएको, बच्चा टाँठो भएको अस्पतालले जनाएको छ ।

अभिभावकका अनुसार विगत दुई वर्षदेखि चिकित्सकका सल्लाहमा काठमाडौं लगेर अप्रेसन गर्न सुझाव दिइएकोमा आर्थिक अभावका कारण लग्न नसकिएको परिवारले जनाएको छ । अहिले संजीवनी दाङमै सहुलियत दरमा यो सेवा उपलब्ध गराएपछि संगीता शल्यक्रिया भएको हो ।

संजीवनी टिचिङ हस्पिटल दाङले पश्चिम नेपालमै अभाव रहेको न्यूरो सर्जरी सेवाको प्रारम्भ गरेपछिको यो सबैभन्दा जटिल शल्यक्रिया हो । वरिष्ठ न्यूरो सर्जन डा. आलमको आगमनसँगै अब दैनिक बिहान नौ बजेदेखि साझ पाँच बजेसम्म न्यूरो ओपीडी तथा चौबिसै घण्टा आपत्तकालीन न्यूरो सर्जरी गर्ने गरी व्यवस्था गरेको रोक्काले जानकारी दिए ।

अस्पतालमा न्यूरो सर्जरी पश्चात आवश्यक पर्न सक्ने छुटै न्यूरो सर्जरी आईसीयु, डेडिकेटेड आधुनिक शल्यक्रिया कक्ष (मोडुलर ओटी), ब्लड बैंक र आवश्यक सबै उपकरणहरु उपलब्ध भएकोले अब साविक राप्ति र लुम्बिनी प्रदेशका बिरामीले गुणस्तरीय उपचार सेवा पाउने विश्वास अस्पतालको छ ।


क्याटेगोरी : अन्य, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ