२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययस्ता व्यक्तिमा संक्रमणको गम्भीरता र मृत्युको जोखिम बढी हुने : अध्ययन

यस्ता व्यक्तिमा संक्रमणको गम्भीरता र मृत्युको जोखिम बढी हुने : अध्ययन


दुई वर्षभन्दा बढी समयदेखि कोभिड -१९ले विश्वलाई तहसनहस बनाएको छ । यो भाइरसको सम्भावित सबै प्रकारका कारण मानिसहरूले धेरै गम्भीर स्वास्थ्य समस्याहरूको सामना गर्नुपरेको थियो। डेल्टा जस्तो प्रकारको संक्रमणको समयमा मृत्युदर पनि उल्लेखनीय रूपमा उच्च भएको देखियो । यद्यपि, अहलेसम्म ओमिक्रोनमा हल्का लक्षणहरू र कम मृत्युदर रहेको रिपोर्ट भएका छ।

‘प्लस वन’ जर्नलमा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले जुन कोभिड संक्रमित व्यक्तिमा भिटामिन डीको मात्रा कम पाइयो उनीहरुमा कोभिड–१९ को गम्भीर अवस्थाका साथै मृत्युदर पनि उच्च हुने देखिएको बताएका छन्। इजरायलस्थित बार-इलान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अध्ययनको क्रममा भिटामिन-डीको कमी, कोभिड-१९ को गम्भीरता र मृत्युको जोखिमबारे अध्ययन गरेका छन्। भिटामिन-डीको कमीले कसरी कोरोना संक्रमितलाई गम्भीर समस्या निम्त्याउन सक्छ ।

भिटामिन ‘डी’को कमीले कोभिडको जोखिम

कोभिड-१९ महामारी सुरु भएदेखि नै मानिसहरूलाई सुरक्षात्मक उपायका रूपमा भिटामिन-सी र डीको सेवन बढाउन सल्लाह दिइएको छ। अनुसन्धानकर्ताहरूले अप्रिल २०२० र फेब्रुअरी २०२१ बीचमा अस्पतालमा भर्ना भएका १,१७६ संक्रमित बिरामीहरूको अध्ययन गरे। जसबाट भिटामिन-डीले शरीरको प्रतिरक्षा बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने र संक्रमणको गम्भीरता र बिरामीहरूमा मृत्युको जोखिम कम गर्न सक्ने पाइएको छ ।

शरीरमा कति भिटामिन ‘डी’ पर्याप्त छ?

वैज्ञानिकहरुको टोलीले अध्ययनका क्रममा २० न्यानोग्राम/मि.लि. भिटामिन डीभन्दा कम संक्रमित व्यक्तिमा कोभिड–१९ को गम्भीर अवस्था र यसबाट मृत्यु हुने जोखिम १४ गुणा बढी रहेको पाइएको थियो । जसमा भिटामिन डी को सेवन ४० न्यानोग्राम / एमएल थियो। उनीहरुमा संक्रमणको गम्भीरता कम जोखिम रहेको पाइएको थियो । कोरोना संक्रमितलाई गम्भीरबाट जोगाउन भिटामिन–डी सप्लिमेन्ट खुवाउनु पर्छ । यसका साथै कोरोनाकालमा सबै मानिसले आफ्नो आहारमा ती कुराहरू बढीभन्दा बढी समावेश गर्नुपर्छ ताकि संक्रमणको जोखिम कम गर्न सकियोस् ।

भिटामिन ‘डी’ आहार

मेयो क्लिनिकका अनुसार सूर्यको किरण भिटामिन डीको सबैभन्दा राम्रो स्रोत हो। यसका साथै खानामा केही कुरा समावेश गरेर पनि यो भिटामिन पूरा गर्न सकिन्छ । भिटामिन-डी माछा जस्तै साल्मन र सिद्रा माछा, अण्डा, कोड लिभर ओंयल, दुग्धजन्य पदार्थ आदिमा प्रशस्त मात्रामा पाइन्छ। यसबाहेक सुन्तलालाई यो भिटामिनको राम्रो स्रोत पनि मानिन्छ।

एजेन्सी 


क्याटेगोरी : जनस्वास्थ्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ