२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी

कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी


कोरोना महामारीले विश्वलाई प्रभाव पारेको छ। यस महामारीबीच कोरोना विरुद्ध भ्याक्सिन पनि बनिरहेका छन्। भ्याक्सिन निर्माण भैरहेको बेलामा मानिसहरुमा महामारी अन्त्य हुने आशा जागेको छ। तर विशेषज्ञहरुले भने भ्याक्सिन तयार हुने बित्तिकै यस महामारीको अन्त्य सधैको लागि हुने भन्ने नहुने बताएका छन्।

यदि विश्वमा सबै मानिसलाई भ्याक्सिन उपलब्ध गराउँदा पनि मानिसहरुले मास्क लगाउनै पर्ने र ६ फिटको दुरी सधै बनाउन नै पर्ने विशेषज्ञहरुको सुझाव छ।

यसैबीच विश्व स्वास्थ्य संगठनबाट आपतकालीन स्वीकृती पाएको मोडर्नाको भ्याक्सिन ९४.५ प्रतिशत र फाइजरको भ्याक्सिन ९५ प्रतिशतसम्म कोरोनालाई हराउनमा प्रभावकारी मानिएको छ।

भ्याक्सिनको प्रभावशीलता सिर्फ कोरोना संक्रमितलाई कोभिडबाट बचाउन सक्छ तर यसको संक्रमण फैलनलाई रोक्ने भन्ने कुनै ग्यारेन्टी भने हुँदैन। भ्याक्सिन लगाउनुको उपलब्धि भनेको तपाईमा कोरोनाको संक्रमण देखिए पनि ज्कियादा गम्भीर बिरामी पर्न हुने छैन।

भ्याक्सिनको संक्रमण फैलनलाईरोक्दैन तर बिरामीमा रोगविरुद्ध लड्ने प्रतिरक्षा क्षमता बढाउँछ । यसको अर्थ मास्क लगाउने, शारीरिक दूरी जस्ता नियम पालना पछिसम्म पनि गर्नु पर्दछ।अहिले पनि कोरोनालाई लिएर धेरै खुलासा हुन जरुरी छ।

अमेरिकाका शीर्ष एलर्जी र संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी एस फौसीले भने, ‘हामीसँग कोरोनालाई हराउने हतियार त छ तर सबैकुरा बदल्सीने उपकरण भने छैन।’

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ