२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ?

पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ?


पाचन प्रणालीमा हुने समस्या I= Inflammatory  भनेको सुनिने, B=Bowel भनेको आन्द्रा र D=Diseases भनेको रोग हो । अर्थात आन्द्रा सुनिने रोगलाई आइबिडी भनिन्छ ।

यसलाई अटो इम्म्युन डिजीज (Autoimmune Diseases) पनि भनिन्छ । इम्युनिटीले हाम्रो शरीरमा बाहिरबाट आउने किटाणुहरु नाश गर्ने गर्छ । कहिलेकाही कुनै—कुनै अटो इम्युन रोगहरु शरीरले शरीरकै भित्री अंगहरु नोक्सानी गर्न सक्छ ।

‘लुपस’ भनिने रोग पनि यस्तै एउटा रोग हो । त्यसलाई पनि अटो इम्युन रोग भनिन्छ । आइबिडी पनि त्यस्तै प्रकृति रोग हो । यो रोगले युवाहरुलाई बढी असर गर्दछ ।

आइबिडी हुनुको कारणहरु

आइबिडीका कारणहरुको धेरै अनुसन्धानहरु भइरहेका छन् । तर, केही प्रमुख कारणहरु तल चर्चा गरिएको छ ।

माइक्रोबायोम
माइक्रेबायोम भनेको मानव शरीरको आन्द्राभित्र केही ब्याक्टेरियाहरु हुन्छन् । त्यो ब्याक्टेरियाहरुको थप वा घट हुने अथवा त्यसको प्रकृति परिवर्तन हुने हुन्छ । जसले आइडिबीको जोखिम बढाउँछ ।

वातावरणीय परिवर्तन
जंक फुडहरु धेरै मात्रामा खाने वा धुम्रपान धेरै सेवन गर्ने गरेको पाइन्छ । यसले पनि आइडिबीको जोखिम बढाउँछ ।

वंशानुगत
कुनै—कुनै व्यक्तिहरुमा उनिहरुको आमाबुवा कसैमा पेटको समस्या छ भने बच्चाहरुमा पनि आउन सक्छ । यस्तो बच्चाहरुमा अरु नर्मल बच्चाहरुमा भन्दा बढी जोखिम हुन्छ ।

आइबिडीका धेरै बिरामीहरुलाई देखिने लक्षणहरु

  • पेट दुख्ने
  • झाडापखाला लाग्ने
  • कब्जियत हुने
  • दिशामा रगत जाने
  • वान्ता हुने
  • तौल घट्ने

आइबिडीले हुने असरहरु

  • आँखा समस्या हुने
  • फोक्सोमा समस्या हुने
  • हाडजोर्नीहरु दुख्ने
  • ढाड दुख्ने

आइबिडीका उपचारहरु के हुन् ?

भोजनः धेरै रेसाहरु नभएको खाने कुराहरु खानुपर्छ । झोल भएका खानेकुरा र सुपहरु खाँदा राम्रो हुन्छ ।

तनाव कम गर्नेः धेरै तनाव लियो भने आइबिडीजस्ता रोगहरु बढ्ने सम्भावना धेरै हुन्छ । तनावलाई कम गर्न व्यस्त रहने । अरु कुराहरुमा ध्यान लगाउनु पर्छ ।

औषधिहरुको प्रयोगः डाक्टरको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्छ । रोग निको भयो भन्दैमा बीचमा औषधि नछोड्ने ।

आइबिडीका विशेषताहरु

आइबिडीले मुख्य रुपमा युवाहरुलाई असर गर्दछ । अनुसन्धानअनुसार आइबिडीले २० देखि ४० वर्षसम्मकालाई असर गरेको देखिएको छ ।

आइबिडीको उपचार गर्नको लागि पहिलाको भन्दा अहिले धेरै औषधिहरु छन । तर पनि नयाँ आएको औषधिहरु नेपालमा आइसकेका छैनन् ।

अझै पनि हामी सँग ज्ञानमा कमी छ । कस्ता बिरामीलाई जाँच गर्ने । बिरामीहरुलाई समयमै अस्पताल लैजाने जस्ता ज्ञानहरु फैलाउन जरुरी छ ।

धेरै रोगको लक्षण उस्तै उस्तै हुन्छन् यसमा आइबिडी नै हो भनेर कसरी थाहा पउने ?

आइबिडी क्रोनिक रोग हो । क्रोनिक रोग छिट्टै निको नहुने र लामो समयसम्म बिरामीलाई असर गर्ने रोग हो । जस्तैः कसैलाई ३ वा ४ दिनसम्म डायरिया भयो भने चिन्ता लिनु पर्दैन । तर, त्यही डायरिया १ महिनासम्म भयो भने अथवा दिशामा रगत आयो, तौल घट्दै गयो र कहिलेकाहीँ ज्वरो पनि आउँछ भने त्यति बेला सजक हुनु पर्छ । समयमै जाँच गर्नुपर्छ ।

किन आइबिडीको समयमै डाइग्नोसिस हुन सकेको छैन ?

यसमा दुईटा कुरा छ, पहिला नेपालमा पेटको उपचार गर्ने डाक्टरको संख्या निकै कम थियो । अहिले मात्र डाक्टरको संख्या विस्तारै बढ्दै गएको छ । अर्को, जाँच गर्न चाहिने जुन औजारहरु हुन्छन, जस्तैः इन्डोस्कोपी, क्लोनोस्कोपी, सिटीइन्टरग्राफी र एमआर इन्टरग्राफीजस्ता साधनहरु पहिला त्यति सजिलै पाइदैन् थियो । जति अहिले पाइन्छ । तर, राजधानी बाहिर अहिले पनि गाह्रो नै छ । यसले गर्दा बिरामीको पहुँच हुन सकेन् ।

आइबिडी रोग पूरै निको हुन्छ कि हुँदैन ?

धेरै कुराहरु रोगको प्रकृतिमाथि नै भर पर्छ । यो हरेक व्यक्तिमा फरक हुन सक्छ । एउटा व्यक्तिलाई लाग्ने प्रकृति, अर्को व्यक्तिलाई लाग्ने प्रकृतिको भन्दा फरक हुन सक्छ । यस्ता रोगहरु चाँडै निको हुँदैनन् । उपचार गर्न लामो समय लाग्न सक्छ । धेरै कम बिरामी यस्ता छन । जसलाई छोटो समयमा औषधिले रोक्न सकेका छन् । धेरै बिरामी यस्ता छन्, जसले लामो समयसम्म औषधि खाएर रोक्न सकेको छन् ।

सर्जरी गरेको बिरामीले सर्जरीपछि साधारण जीवन बिताउन सक्नुहुन्छ कि सक्नुहुन्न ?

हामीले सर्जरी गरेको बिरामीहरु एकदमै खुसी हुनुहुन्छ । किनभने सर्जरीभन्दा अगाडि सधैं पेट दुख्ने, रगत बगिरहने, ज्वरो आउने र दिशा गर्न गइरहनुपर्ने ती सबै समस्याहरुबाट उहाँहरु मुक्त हुनु भयो । उहाँहरु अहिले नर्मल बाँचिरहनु भएको छ ।

आइबिडी भएको बच्चाहरुले के कुराहरुमा ध्यान दिनुपर्छ ?

अहिले बच्चाहरुमा पनि आइबिडीको रोग देखिएका छ । बच्चाहरु भनेको बढ्ने उमेरको केटाकेटीहरु हुन । उनीहरुको खानपान र हामीले चलाउने औषधिहरु पनि कुनै—कुनैले शरीरको क्याल्सियमहरु घटाउने, हड्डीहरुलाई त्यति धेरै मज्बुत हुन नदिने यस्ता असरहरु गर्छन् ।

उनीहरुलाई राम्रो काउन्सिलिङ गरेर, डाइटहरु राम्रोसँग मिलाएर मल्टी भिटामिन र क्याल्सियमहरु दिनुपर्ने हुन्छ । किनभने, बढ्दो उमेरको बच्चाहरुलाई त्यो कुरामा समयमै ध्यान दिइएन् भने उचाइ र तौलमा वृद्धि हुँदैन । त्यसले पछि उनीहरुलाई समस्या हुन सक्छ ।

प्रतुति:  श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ