२०८२ कात्तिक १०, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री

त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्रीको गहभरी आँशु, भनिन्, ‘चुनाव भाँडन चाहनुहुन्छ त्यो कहिल्यै पनि नगर्नुहोस्’


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा जेनजी आन्दोलनका घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

‘घाइतेहरुको अवस्था के कस्तो छ भनेर हेर्न आएको थिए,’ उनले भनिन्, ‘तीन जना बिरामी भर्ना हुनुहुँदोरहेछ । उहाँहरुको उपचारमा कुनै कमी छैन, राम्रोसँग भइरहेको छ ।’ घाइतेहरुको हड्डी भाँच्चिएको, छालाको प्लास्टिक सर्जरी गर्नुपर्ने भएकाले समय लाग्ने र पटक—पटक शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिइन् ।

मन्त्री डा. शर्माले त्रिवि शिक्षणमा उपचार भइरहेका तीन जना घाइतेमध्ये दुई जनाको अवस्था राम्रो रहेको र एक जनाको अवस्था गाह्रो रहेकाले आईसीयुमा उपचार भइरहेको बताइन् ।

घाइतेहरुको अवस्था हेर्दा आफूलाई गाह्रो भएको बताउँदैं डा. शर्मा भावुक भइन् । ‘यो हेर्दाखेरी मलाई साह्र गाह्रो भयो, आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ,’ उनले गहभरी आँशु पार्दै भनिन्, ‘सबैलाई त्यही भन्न चाहन्छु, जसले विरोध गर्नुहुन्छ सरकारको, चुनाव भाँडन चाहनुहुन्छ त्यो कहिल्यै पनि नगर्नुहोस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ