२०८२ कात्तिक १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता

स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता


ललितपुर—सानेपास्थित स्टार हस्पिटल र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । अस्पतालमा आयोजित एक भव्य कार्यक्रममाझ स्वास्थ्य उपचार सेवा लिने दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका प्रमुख कार्यकारी अधिकृत र विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर समारोहमा स्टार हस्पिटलका मेडिकल निर्देशक डा. दिपक महर्जन, लगानीकर्ता समन्वय समितिका संयोजक रविन्द्र महर्जन, सि.ए.ओ. विभागीय प्रमुखहरु र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार स्टार हस्पिटल लि. ले सम्झौता गरेका इन्दिरा सेक्युुरिटिज प्रा. लि., विश्व शान्ति विहार, काठमाडौं, यल दरवार भेन्यु प्रा. लि., ललितपुर उद्योग वाणिज्य संघ, नेवाज, ललितपुर, घरपझोंग गाउँपालिका मुस्ताङ, प्रोगे्रसिभ फाइनान्स लि., ललितपुर, नेपाल फुलकन्टयाक कराँते महासंघ, काठमाडौं, मोडल कलेज अफ इन्जिनियरिङ, ल एण्ड म्यानेजमेन्ट ललितपुर र ललितपुर इन्जिनियरिङ कलेजका सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट दिने र स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरुमा सहकार्य गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ