२०८२ कात्तिक २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत

स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटीको राजीनामा स्वीकृत


काठमाडौं—सरकारले स्वास्थ्य बीमा बोर्ड र चार वटा अस्पतालका लागि २५६ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा बोर्ड र चार वटा संघीय अस्पतालका लागि २५६ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्ड, गेटा अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, डडेल्धुरा अस्पताल र कान्ति बाल अस्पतालको आर्थिक वर्ष २०८२/०८३ का लागि २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीको राजीनामा स्वीकृत गरेको छ ।

स्वास्थ्यका १२ औं तहका अतिरिक्त सचिव डा. बाराकोटीले २० कात्तिकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मामार्फत राजीनामा बुझाएका थिए । डा. बाराकोटीले आफ्नो स्वास्थ्य अवस्था कारण राजीनामा दिएको बताएका छन् ।

उनी १ चैतमा स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेका थिए । उनले ९ महिना स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा विवादित निर्णय गरेनन् । उनको कार्यकाल अझै दुई वर्ष बाँकी थियो ।

झापाका स्थानीय वासिन्दा डा. बाराकोटीले लामो समय मेची अस्पतालमा बिरामी सेवामा बिताएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ