२०८२ मंसीर ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. विश्वराज दवाडीद्वारा नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा

डा. विश्वराज दवाडीद्वारा नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्षका लागि डा. विश्वराज दवाडीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार फेसबुकमार्फत पाँच बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले एनएमएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

डा. दवाडी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान सदस्य रहेका उनी यसअघि नेपाली कांग्रेस निकट चिकित्सकहरुको संगठन प्रजातान्त्रिक चिकित्सक संघको सचिव थिए ।

उनले चिकित्सकहरुको पूर्ण सुरक्षा र शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने, वृत्ति विकास र विदेश पलायनलाई नियन्त्रण गर्ने कार्ययोजना अगाडि सारेका छन् ।

यसैगरी, स्वास्थ्य नीतिमा एनएमएको निर्णायक हस्तक्षेप र भूमिकालाई सशक्त र निर्णायक बनाउने, एनएमएको आन्तरिक शुद्धीकरण र पारदर्शितामा जोड दिने र चिकित्सकहरुको एकता र सम्मानका लागि काम गर्नेलगायतका कार्ययोजना अगाडि सारेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ