२०८२ मंसीर १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय

स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. शर्मा भारत जाने


काठमाडौं—सरकारलये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृती प्रदान गरेको छ ।

१५ मंंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार प्रविधीमन्त्री जगदीश खरेलले डा. शर्माको भारत भ्रमण स्वीकृत भएको जानकारी दिए ।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम भारत भ्रमणलाई समेत स्वीकृती प्रदान गरेको छ ।

डा. शर्मा २ देखि ४ पुसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने दोस्रो डब्लूएचओ ग्लोबल समिट एण्ड ट्रेडिसनल मेडिसिन एण्ड हाइलेभल मिनिष्टरियल डाइलग वन इम्प्लीमेन्टेसन अफ दि डब्लूएचओ ग्लोबल स्ट्राटेजी, २०२५—२०३४ कार्यक्रममा भाग लिन दिल्ली जान लागेकी हुन् ।

यो स्वास्थ्यमन्त्री डा. शर्माको पहिलो भारत भ्रमण हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ