काठमाडौं—नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दोस्रो पटक विज्ञापन गर्दा पनि आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले देशभक्त सन्तानलाई उपलकुपतिमा आवेदन दिन माग गरेका छन् । शुक्रबार शिक्षामन्त्रीले धनगढीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुई पटक आवेदन गर्दा पनि नपरेपछि फेसबुक पोष्टमार्फत मातृभूमीको सेवा गर्ने उद्देश्यले आवेदन दिन देशभक्त सन्तानलाई आग्रह गरेका हुन् ।
‘सुदूरपश्चिम प्रदेशको धनगढी नजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदको विज्ञापन दुई पटक गर्दा पनि कसैको निवेदन परेन्,’ मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘त्यसैले मातृभूमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।’
उपकुलपतिका लागि मापदण्ड पिएचडी वा एमसीएच गरेको हुनुपर्ने, प्रा.डा. भएर १० वर्ष काम गरेको हुनुपर्ने, ६१ वर्ष ननाघेको हुनुपर्नेलगायतका कडा मापदण्डका कारण दुई पटक विज्ञापन गर्दा पनि आवेदन नगरेको शिक्षा मन्त्रालय स्रोतको दावी छ ।
शिक्षा मन्त्रालयले १६ कात्तिकमा पहिलोपटक ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधी, २०८२’ अनुसार योग्यता पुगेका नागरिकबाट उपकुलपति तथा रजिष्ट्रारका लागि आवेदन माग गरेको थियो । मन्त्रालयले १५ दिनको समय राखेर आवेदन माग गरेकोमा समयावधिभित्र उकुलपति पदमा आवेदन परेन भने रजिष्ट्रारका लागि १० जनाले आवेदन दिएका छन् ।
उपकुलपतिमा आवेदन नपरेपछि मन्त्रालयले ५ मंसिरसम्मका लागि उपकुलपति पदमा आवेदन दिने समय थप ग¥यो । तर, दोस्रो पटक म्याद थप गरेर आवेदन माग गर्दा समेत आवेदन परेन ।
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधी, २०८२’ मा विश्वविद्यालयको उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षा सम्बन्धित कुनै विद्या ९हेल्थ प्रोफेसनल एजुकेशन०मा विद्यावारिधी, डिएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको, कुनै विश्वविद्यालयमा प्राध्यापक पदमा रही कम्तिमा १० वर्ष काम गरेको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, सिप र कौशल प्रदर्शन गरेको हुनुपर्ने मापदण्ड छ ।
यसैगरी, प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जर्नलमा अनुसन्धानमूलक लेख वा सन्दर्भ सामाग्री प्रकाशन गरेको हुनुपर्ने उल्लेख छ ।
