२०८२ पुस २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने

१ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने

मासिक २ करोड घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको भनाइ


काठमाडौं—त्रिवि शिक्षण अस्पतालले १ माघदेखि स्वास्थ्य बीमाका सम्पूर्ण सेवाहरु स्थगित गर्ने जनाएको छ । बिहीबार अस्पताल प्रशासनले एक सूचना प्रंकाशित गर्दै १ माघदेखि स्वास्थ्य बीमाको सम्पूर्ण उपचार सेवाहरु बन्द गर्ने जानकारी दिएको हो ।

त्रिवि शिक्षण अस्पतालले झण्डै मासिक झण्डै दुई करोड रुपैयाँ बराबरको क्लेम स्वास्थ्य बीमा बोर्डले रिजेक्ट गरिदिन थालेपछि विगत दुई वर्षदेखि असन्तुष्टी जनाउँदैं आएको थियो । अस्पतालले यसबारेमा पटक—पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य बीमा बोर्डसँग छलफल समेत गर्दै आएको थियो । तर, सरोकारवाला निकायहरु मौन बसेपछि अस्पतालले स्वास्थ्य बीमा वापत हुने सबै उपचार सेवाहरु १ माघबाट स्थगन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामी संख्या तथा चाप दिनहुँ ५० प्रतिशत वृद्धि हुँदै गएर मासिक ५ करोड हाराहारी खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृती गरी बाँकी अस्वीकृत गरिदैं आएको अस्पतालले जनाएको छ । उसले स्वास्थ्य बीमा बोर्डले हालसम्म अस्पतालको बीमा दावी रकम झण्डै ४० करोड भुक्तानी बाँकी रहेको उल्लेख गरेको छ ।

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा बोर्ड र अस्पतालको दररेट फरक भएको, अस्पतालले बारम्बार अस्पतालको रकमलाई अन्तिम मानिदिन विगत दुई वर्षदेखि गरेको आग्रह सुनुवाई नगरेको र आन्तरिक स्रोतबाट अस्पतालले सम्पूर्ण दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक २ करोड घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको जनाएको छ ।

वि.सं. २०७७ सालदेखि अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो । मुलुककै प्रमुख शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि सयौं बिरामीहरुमा यसको मारमा पर्ने देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ