२०८२ पुस २९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं

सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले जनस्वास्थ्य ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्ले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ संशोधनको लागि संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ ।

गत आइतबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले सो स्वीकृति दिएको हो । १८ भदौं २०७७ प्रमाणिकरण भएको जनस्वास्थ्य सेवा ऐन नियमावली नआउँदैं संशोधनको प्रक्रियामा गएको हो ।

जनस्वास्थ्य नियमावलीको मस्यौदा तयार गरी स्विकृतीको मुख्यमन्त्री कार्यालयमा पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ