२०८२ माघ २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित

नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचत स्थगित भएको छ । बिहीबार संघको निर्वाचन समितिले उच्च अदालत पाटनको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित कार्यतालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले निर्वाचन समितिले यस सम्बन्धमा अर्को निर्वाचन तालिका सार्वजनिक गरिने जनाएका छन् ।
२० पुसमा उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन नगराउन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश ऋषिराम निरौला र दीपक खनालले संयुक्त इजलासले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको भन्दै त्यसलाई रोक्न आदेश दिएको थियो ।

डा. अजय कुमार मिश्र र डा. गणेश चौधरीले नेपाल चिकित्सक संघलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै अन्तिम आदेश नआएसम्म निर्वाचन प्रक्रिया अघि बढाउन आदेश दिइएको थियो ।

उक्त आदेशपछि नेपाल चिकित्सक संघको निर्वाचन अन्योलमा परेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ