२०८२ फागुन ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म

रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म

जलन उपचार कोष स्थापना र विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण प्रक्रिया सुरु गर्ने


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाचापत्र सार्वजनिक गर्दै स्वास्थ्य बीमालाई सुदृढ गर्नेदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीति तय गर्नेसम्मका योजना अगाडि सारेको छ । बिहीबार सार्वजनिक गरिएको बाचापत्रमा रास्वपाले उक्त योजनाहरु अगाडि सारेको हो ।

रास्वपाले देशभर आधारभूत स्वास्थ्य क्षेत्रमा न्यूनतम मापदण्ड कायम गरी सेवा प्रवाह गर्न आवश्यक मानव संशाधन, पर्याप्त औषधी आपूर्ति, अत्यावश्यक उपकरण र सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितासहितको एकीकृत मोडेल तयार गरी लागु गर्ने बाचापत्रमा उल्लेख गरेको छ ।

यस्तै, भौगोलिक विकटता र जनसंख्याको घनत्वका आधारमा ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकता साथ विस्तार गर्ने बाचा पनि रास्वपाले गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकको पहुँचमा पु¥याउने, क्यान्सरलगायतका नसर्ने रोगमा रोकथाममुखी रणनीतिलाई मुख्य लक्ष्य बनाएर काम गर्ने रास्वापाको बाचापत्रमा छ ।

प्रत्येक प्रदेशमा कम्तिमा एक अत्याधुनिक अपांगता पुनस्र्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गरी सेवा सुनिश्चित गर्ने, जलन पीडितहरुको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न जलन उपचार कोष स्थापना र विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण प्रक्रिया सुरु गर्ने योजना पनि उसले अगाडि सारेको छ । यस्तै, मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पु¥याउने योजना रास्वपाको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ