काठमाडौं—नेपाली कांग्रेसले आसन्न आम निर्वाचनका लागि प्रतिज्ञा सार्वजनिक गरेको छ । बिहीबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक गरेको प्रतिज्ञामा स्वास्थ्य बीमामा आधारित सबल प्रणाली विकास गर्ने जनाइएको छ ।
स्वास्थ्यबारेमा प्रतिज्ञामा १५ वटा बुँदामा प्रतिज्ञा गरिएको छ । जसमा निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, कुल बजेटमा स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशत पु¥याउने, सबैलाई स्वास्थ्य बीमा गर्ने र बीमाबाटै सबै उपचार गराउने प्रतिज्ञामा छ ।
यस्तै, कमाउनेले प्रिमियम तिर्ने, नकमाउनेको राज्यले व्यहोर्ने, कडा रोगमा पूर्ण राहात दिने, ३ वर्षमुनि र ७३ वर्ष माथिका नागरिकको निःशुल्क उपचार गर्ने, एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना तयार गर्ने कांग्रेसको प्रतिज्ञामा छ ।
यस्तै, उसले ढुकुटीमा लुट बन्द गर्ने र स्वास्थ्यमा समान प्रबन्ध गर्ने, समयममा औषधी र गुणस्तरीय परीक्षण उपलब्ध गराउने, स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्ने, म स्वस्थ मेरो परिवार स्वस्थ अभियान चलाउनेलगायतका प्रतिवद्धता पनि कांग्रेसको प्रतिज्ञामा छन् ।
