२०८२ फागुन ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै प्रदेशमा वीरस्तरका अस्पताल निर्माणसम्म

राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै प्रदेशमा वीरस्तरका अस्पताल निर्माणसम्म


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न निर्वाचनका लागि सार्वजनिक गरेको संकल्प पत्रमा औषधीको मुल्य निर्धारण संयन्त्र बनाउनेदेखि सात वटै प्रदेशमा वीर अस्पतालका स्तरको अस्पताल निर्माण गने योजना अगाडि सारेको छ । ४ फागुनमा राप्रका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले सार्वजनिक गरेको संकल्प प्रस्तावमा सो कुरा उल्लेख गरिएको छ ।

राप्रयाले आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क र अनिवार्य उपलब्ध गराउने, जेष्ठ नागरिक र अशक्तको घरमै आधारभूत स्वास्थ्य सेवा दिने, सबै नागरिकलाई बीमाको दायरामा ल्याउने, बीमा भुक्तानीमा देखिएको समस्या व्यवस्थापन गर्ने, औषधीको मुल्य निर्धारण संयन्त्र प्रभावकारी बनाए औषधी सस्तो र सुलभ बनाउने संकल्प गरेको छ ।

यस्तै, औषधी उधोगलाई आत्मनिर्भर बनाउने, नेपाललाई उच्चस्तरीय स्वास्थ्य सेवा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्री हब बनाउने, आधुनिक अस्पताल, अनुसन्धान केन्द्र र उच्चस्तरीय स्वास्थ्य पूर्वाधार विस्तार गरी नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउने, क्यान्सर, मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित नागरिकलाई दिइने आर्थिक सहायताको व्यवस्थालाई अझ सुदृढ र प्रभावकारी बनाउने, डायलाइसिस सेवालाई थप प्रभावकारी बनाउने संकल्पमा छ ।

राप्रपाले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै स्वास्थ्य सेवालाई दिगो र गुणस्तरीय बनाउने, आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतिको विकास र विस्तार गर्ने, सबै प्रकारको औषधीको गुणस्तर नियन्त्रण गर्ने, वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने र वडा स्वास्थ्य केन्द्रमार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने संकल्प पत्रमा उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ