२०८२ फागुन १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने

निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने

आकस्मिक स्वास्थ्य सहायता (फस्ट एड) सेवा मतदानस्थलमा नै उपलब्ध गराइने


काठमाडौं—२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा अस्पताल तथा स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहने भएका छन् । निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार अस्पताल र स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न लागिएको हो ।

आयोगले सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता (फस्ट एड) सेवा सम्बन्धित मतदानस्थलमा नै उपलब्ध गराउने व्यवस्था गर्ने निर्देशन दिएको छ ।

‘त्यसको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाइएको जानकारीका लागि अनुरोध छ,’ आयोगले भनेको छ ।

आयोगले अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्ने गरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिसकेको जनाएको छ ।

आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ