२०८२ फागुन १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड

यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड


काठमाडौं—यतिकयाम डिष्ट्रीब्युटर्स कारोबार निरन्तर बढिरहेको पाइएको छ । कम्पनीको पछिल्ला पाँच वर्षको फाइनान्सियल तथ्यांकअनुसार यतिक्यामको कारोबार निरन्तर बढिरहेको छ ।

यतिक्यामले आर्थिक वर्ष सन् २०२५ मा १ अर्ब ९७ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । उसले सन् २०२४ मा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको हो ।

सन् २०२३ मा १ अर्ब ७७ करोड रुपैयाँ बढीको कारोबार गरेको यतिक्यामले सन् २०२२ मा १ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यस्तै, सन् २०२१ मा १ अर्ब ६० करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब ४० करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो ।

सन् २००१ मा फर्मास्युटिकल्स प्रडक्ट डिस्ट्रीब्युटर्सका रुपमा यतिक्याम स्थापना भएको थियो । यसले क्रोनिक तथा दीर्घ रोगका औषधिहरु वितरण गर्दै आएको छ । जसमा डाइबटिज, क्यान्सर, टिबीलगायतका रोगहरु छन् ।

यतिक्यामको स्वामित्वमा प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको समान ५०/५० प्रतिशत साझेदारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ