२०८२ चैत्र २, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस

रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस


काठमाडौं—१२ फागुनमा भएको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकबाट हुने सांसदको नाम तय गरेको छ । आइतबार रास्वापाले पार्टीको तर्फबाट समानुपातिकतर्फ सांसद हुने ५७ जनाको जना निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

जसमा दुई जना डाक्टरहरु पनि सिफारिस भएका छन् । रास्वापाले समानुपातिक बन्द सूचीमा रहेकी डा. ओजस्वी शेरचन र डा अंकिता ठाकुरलाई समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

डा. ओजस्वीको स्कुलिङ कालिङपोङको सेन्ट जोसेफ कन्भेन्टबाट भएको हो । प्लस टुको अध्ययन भने उनले युनिभर्सल कलेज काठमाडौंबाट पूरा गरिन् । सन् २००८ मा नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस सकेकी डा. ओजस्वीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा बायोकेमेष्ट्रीमा विशेषज्ञता हासिल गरेकी हुन् ।

डा. ओजस्वी अहिले नेपाल मेडिकल कलेजमा बायोकेमेष्ट्रीको एशोसियट प्रोफेसरका रुपमा कार्यरत छन् । समाज सेवामा समेत सक्रिउ उनी ‘मिसेस नेपाल कल्चर—२०२३’ विजेता समेत हुन् ।

विभिन्न प्रतियोगिता जितिसकेकी उनले सन् २०१५ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मिड करिअर साइन्टीष्टको उपाधि पनि जितेकी थिइन् । त्यसबाहेक वौद्धिक प्रतिस्पर्धाहरुमा पनि उनले दरिलो उपस्थिती जनाउँदैं आएकी छन् ।

यसैगरी, समानुपातिक सांसदमा सिफारिस डा. ठाकुर दन्त चिकित्सक हुन् । उनी ललितपुरको नोभा डेन्टल एण्ड एस्थेटिक क्लिनिककी प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् । टेलिभिजन तथा रेडियो प्रस्तोताको परिचय समेत बनाएकी उनी ‘मिसेस नेपाल कल्चर—२०२३’ फस्ट रनरअप र मिसेस डाइनामिक २०२३ हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ