२०८२ चैत्र १२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी

कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी


जुम्ला—कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७१४ क्षयरोगका बिरामी भेटिएका थिए ।

आर्थिक वर्ष २०८१/८२ मा  त्यो संख्या घटेर १ हजार ५३९ भेटिएका थिए ।

चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा १९, सल्यानमा १०४, जाजरकोटमा १०१, रुकुमपश्चिममा ९२, दैलेखमा ८३, कालिकोटमा ४६, जुम्लामा ४५, डोल्पामा २१ र मुगुमा १९ जना बिरामी पत्ता लागेको उनले जानकारी दिए।

हाल प्रदेशमा ४१५ क्षयरोग उपचार केन्द्र, दुई ‘एमडीआर’ उपचार केन्द्र र १० वटा विशेषज्ञ केन्द्र सञ्चालनमा छन्


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ