२०८२ चैत्र १३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त

३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त


काठमाडौं—बालेन्द्र शाहको नेतृत्वको सरकारमा निशा मेहता स्वास्थ्य, जनसंख्या तथा  खानेपानी मन्त्री नियुक्त भएकी छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निशालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको अहिले शितलनिवासमा सपथ भइरहेको छ ।

सुनसरी इनरुवाकी ३८ वर्षीया निशा रास्वपामा समानुपातिकबाट सांसद बनेकी हुन् । उनले भारतको ग्वालियर युनिभर्सिटीमा नर्सिङमा स्नातकोत्तर गरेकी छन् ।

इनरुवा इंग्लिस बोर्डिङ स्कुलकी उत्पादन उनले केही समय विराट नर्सिङ होममा समेत काम गरेकी थिइन् । उनी सुरुदेखि नै रास्वपामा आवद्ध भएर सक्रिय थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ