२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्य७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ?

७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ?


अमेरिकाका सबैभन्दा बढी उमेर भएका राष्ट्रपति जो बाइडेन ७८ वर्षको उमेरमा पनि निकै फुर्तिला र जोशिला छन्। यो उमेरमा पनि न त उनलाई मधुमेह छ न त उच्च रक्त चाप।

उनको दैनिक जीवनको तालिकामा सामेल वर्कआउटले उनको तौल ८० केजीसम्म सन्तुलनमा राखेको छ। बाइडेन आफै कसरी फिट छन त ? जानौं।

१. न त मद्यपान न त धुम्रपान

२००९ देखि डा. केभिन कोनर बाइडेनका पर्सनल फिजिशियन रहेका छन्। राष्ट्रपति पदको लागि भएको अभियानको शुरुवात डिसेम्बर २०१९मा डा. केभिनले उनको ‘हेल्थ रिपोर्ट’ जारी गरेका थिए । रिपोर्टका अनुसार बाइडेन न त अल्कोहल लिन्छन् न त सुर्तीजन्य पदार्थ।

२. सातामा ५ दिन ‘वोर्कआउट’

बाइडेन सातामा ५ दिन ‘वोर्कआउट’ गर्ने गर्छन। उमेरको यस चरणमा पनि उनको फिटनेस रुटिनमा कार्डियो र वेट लिफटिंग समावेश छ। ट्रेडमिल जस्तो देखिने पेलोटेनले वर्कआउटको समयमा बाइक र रोभिङ्ग मेसिन प्रयोग गर्ने गर्छन उनी। बिडेन पालोटेन बाइकलाई उत्तम व्यायाम मान्दछन्। एक अन्तर्वार्तामा उनले भने, ‘यो लकडाउनमा मैले गरेको सबैभन्दा ठुलो कसरत यही हो।’

३. शारीरिक व्यायाम दिनचर्याको सबैभन्दा महत्त्वपूर्ण पक्ष

राष्ट्रपति बाइडेनका अनुसार उनी बिहान दैनिक व्यायाम गर्छन्। यो उनको दैनिक दिनचर्याको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यसको लागि उनी बिहान ८ बजे ओछ्यान छाड्ने गर्छन। कसरत भने घरमै बनाइएको जिममा गर्छन उनी।

४. डाइटमा फलफुल, जुस, फ्रूट, ग्रीन दही र माछा

अब खानेकुराको कुरा गर्नु पर्दा बाइडेनको ब्रेकफास्टमा फलफुल, जुस र ग्रीक दहि सामावेश छ। लन्चमा उनी सलादसँग प्रोटीन डाइटमा लिन्छन्। जसमा प्राय माछा नै हुने गर्छ। यसबाहेक उनी पास्ता, रेड सस र आइसक्रीम खान मनपराउँछन। तर यी कुरा उनको दैनिक डाइटमा भने समावेश छैन।

यी ४ समस्याबाट गुज्रिरहेका छन् बाइडेन

मौसमी एलर्जी

बाइडेनलाई मौसमी एलर्जीबाट पिडित छन्। साइनसमा समस्या भएको कारण उनको कयौंपटक साइनस र नाकको प्यासेजको शल्यक्रिया गरिएको छ।

एसिडको समस्या

रिपोर्टका अनुसार बाइडेनमा कहिले काहिँ गैस्ट्रोइसोफेगल ग्यास्ट्रोएफिजियल रिफ्लक्स डिजीजको लक्षण देखिने गर्छ। अमिलो डकारको साथ उल्टी र छाती पोल्ने जस्तो समस्या उनमा रहेको छ।

मुटुको धड्कनमा कुनै अनियमिताको लक्षण छैन

डा. केभिनका अनुसार बाइडेनको मुटुको धडकनको चालमा अनियमिता हुने समस्या छ। तर २०१९मा भएको इसीजीको रिपोर्टले भने हार्ट फेल जस्तो कुनै लक्षण देखिएको छैन।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ