२०८२ चैत्र १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सन्जय चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ । सोमबार चौधरीलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

चौधरी बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन तथा निरीक्षण शाखामा कार्यरत छन् । चौधरीले उधोग नवीकरण गर्दा सेवाग्राहीसँग घुस मागेर दुःख दिने गरेको उजुरी अख्तियारमा परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा सोमबार चौधरी ३० हजार घुससहित पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ