२०८२ चैत्र २६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए

कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए


काठमाडौं-कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई मन्त्रालय तानेकी हुन् ।

हेल्थआवाजले लामो समयदेखि ढकालले कानुन विपरित औषधिमा आफूखुसी मुल्यवृद्धि गर्दै आएको समाचारहरु प्रकाशित गर्दै आएको छ । बुधबार रास्वपाका सांसद राजीव खत्रीले संसदमा उक्त कुरा जोडदार रुपमा उठाएका थिए ।

लगतै स्वास्थ्यमन्त्री मेहताले ढकाललाई मन्त्रालय तान्ने निर्णय गरेकी हुन् । प्रधानमन्त्री कार्यालयले पनि ढकालले कानुन विपरित गरेको औषधिको मुल्यवृद्धिमा विशेष चासो राखेको थियो ।

प्रधानमन्त्री कार्यलयले चासो व्यक्त गरेलगतै ढकालले विज्ञप्ती निकाल्दैं आफूखुसी गरेको कानुन विपरितको मुल्यवृद्धि बचाउ गर्ने प्रयास गरेका थिए ।

यही विषयमा उनी विरुद्धको मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चलिरहेको छ । तर, अख्तियारले पनि चार वर्षदेखि उक्त मुद्धामाथि कारवाही अगाडि बढाएको छैन ।

यो पनि पढ्नुहोस्

कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ