२०८२ चैत्र २७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी अस्पतालले कामको चाप र जनशक्ति हेरेर आइतबार ओपीडी सेवा दिनुपर्ने

सरकारी अस्पतालले कामको चाप र जनशक्ति हेरेर आइतबार ओपीडी सेवा दिनुपर्ने

आइतबार काम गर्ने कर्मचारीलाई अन्य दिन सट्टा विदा दिन निर्देशन


काठमाडौं—सरकारी अस्पतालहरुले कामको चाप र जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा प्रवाह गर्नुपर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कामको चाप र जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

सरकारले यसअघि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोहीअनुसार २२ चैतमा राजपत्रमा दुई दिन विदा दिने सूचना प्रकाशित भएको थियो । उक्त सूचनासँगै सरकारी अस्पतालहरुले समेत शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

जसले बिरामीलाई अप्ठ्यारो सिर्जना भएपछि स्वास्थ्य सेवालाई निन्तर र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले कामको चाप र जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

यस्तै, मन्त्रालयले आइतबार पनि ओपीडी सेवा उपलब्ध गराउँदा कर्मचारीहरुलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्न र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले प्रादेशिक अस्पतालहरुलाई पनि यही व्यवस्था लागु गर्न भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ