२०८२ चैत्र ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख रुपैयाँ नगद

स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख रुपैयाँ नगद


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या, खानेपानी मन्त्री निशा मेहताले सम्पत्ति ३० तोला सुन १७ लाख रुपैयाँभन्दा बढी बैंकमा नगद रहेको पाइएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा मेहतासँग ३० तोला सुन ५० तोला चाँदी र एउटा हिराको औठी रहेको देखिन्छ ।

सुन, चाँदी र हिराको गहनाको स्रोत दाइजो, उपहार र किनेको भनेर उनले सम्पत्ति विरणमा उल्लेख गरेकी छन् ।

यसैगरी, मन्त्री मेहतासँग माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । जुन मौज्दातको स्रोत तलब रहेको उनले बताएकी छन् ।

स्वास्थ्यमन्त्रीसँग काठमाडौंको सौंखेलमा ७ आना जग्गा रहेको छ भने महोत्तरीको बल्वामा ससुरा सुरेन्द्रप्रसाद सिंह र सासु गंगादेवीको नाममा ८ विगाहा जग्गा रहेको छ । काठमाडौंको जग्गा उनले श्रीमान र आफ्नो तबल तथा ऋणबाट किनेको विवरण पेश गरेकी छन् ।

उनीसँग ग्राण्ड आई१० गाडीसमेत छन् । जुन उनले श्रीमान र आफ्नो तलबबाट किनेको उल्लेख गरेकी छन् । त्यसबाहेक उनीसँग केही कम्पनीहरुको सेयरसमेत रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ