२०८२ वैशाख ३०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी रिस्क ?

अत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी रिस्क ?


सन् २०१९ को गर्मी दिउँसो । चीनको जिआन्ग्सु प्रान्तमा एक वृद्ध मासिन खेतमा काम गरिरहेका थिए । तीब्र गर्मी कारण त्यहाँको तापक्रम ४२ डिग्री नाघिसकेको थियो । घरबाट निस्कने बेलामा थोरै चक्कर आयो । उनलाई लाग्यो कि मौसमका कारण यस्तो भएको होला । तर, दिउँसो दोस्रा् प्रहर हुँदा उनी बेहोश भएर जनिममा लडे । उनलाई हर्टअट्याक भएको थियो, हस्पिटल पु¥याउन ढिला भएका कारण उनको मृत्यु भयो ।

अमेरिकन हार्ट एशोसिएसनको जर्नलकाअनुसार चीनको गिआन्ग्सू प्रान्तमा ५ वर्षमा दुई लाख बढी हर्टअट्याकका घटना दर्ता भएका छन् । यीमध्ये धेरैजसो मृत्यु गर्मीको लहर (हिट वेव) र हावा प्रदूषपणका कारण भएका थिए । यो अनुसन्धान भलै चीनको हो, बढ्दो गर्मीका कारण हर्टअट्याकको खतरा भारतमा पनि बढिरहेको छ ।

भारतका कयौं सहरको तापक्रम ४५ डिग्रीसम्म पुगिरहेको छ । भारतीय मौसम विभागले कयौं हसरमा हिट वेवको अलर्ट जारी गरेको छ । बढी गर्मीका कारण हर्ट अट्याकको जोखिम बढिरहेको छ ।

गर्मीमा हर्ट अट्याक किन हुन्छ ?

मेडिकल जर्नलमा सर्कुलेसशनमा प्रकाशित भएको एक स्टडीकाअनुसार यस शताब्दीको मध्यसम्ममा अमेरिकामा अत्याधिक गर्मीका कारण हुने हृदयघातबाट हुने मृत्यु १६२ प्रतिशतले बढ्न सक्छ ।

यदि हरितगृह ग्याँसहरु कम गर्न कडा कदम चालिएन भने सन् २०३६ देखि २०६५ सम्ममा अत्याधिक गर्मीका कारण हृदयघातबाछ हुने मृत्यु २३३ प्रतिशलते बढ्न सक्ने अनुमान गरिएको छ ।

गर्मीमा किन बढ्छ हर्ट अट्याकको खतरा ?

गर्मीमा शरीरलाई शीतल राख्न वा तापक्रम नियन्त्रण गर्न बढी पसिना आउँछ । अत्याधिक पसिनाले शरीरमा हिहाइड्रेसन हुन सक्छ । यसका लागि छालामा बढी रगत आपूर्ति हुनुपर्छ ।

गर्मीमा जब तापक्रम धेरै बढ्छ, शरीरलाई शीतल राख्न पसिना आउँछ । पसिनाको यो प्रक्रियामा छालालाई बढी मात्रामा रगत चाहिन्छ, जसको लागि रगतको प्रवाह बढाउनुपर्छ । यसका लागि मुटुले अलि बढी काम गर्नुपर्छ ।

हृदय रोग संस्थान कानपुरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अवधेश शर्मा भन्छन्, ‘शरीरले अत्याधिक गर्मी सहन गर्न सक्दैन् । जसका कारण शरीर चिसो राख्नका लागि पसिना निकाल्छ । यसका लागि मुटुलाई बढी मेहनत गर्नुपर्छ, जसका कारण मुटु थाक्छ र हृदयघातको खतरा बढ्छ ।’

डा. शर्माकाअनुसार गर्मीमा हर्ट अट्याकको खतरा बढ्नुका कारण
१. शरीर एक निश्चित सीमाभन्दा बढी तापक्रम सहन गर्न सक्दैन् ।
२. गर्मी बढेपछि शरीरलाई शीतल राख्नका लागि बढी पसिना बग्छ ।
३. बढी पसिना बग्नका लागि छालालाई बढी काम गर्नुपर्छ ।
४. बढी काम गर्नका लागि बढी रगत आवश्यक पर्छ ।
५. मुटु रगतको बढी फ्लो स्कीनतर्फ डाइभर्ट गर्छ ।
६. यसबाट मुटुको तर्फ रगतको फ्लो कम हुन्छ ।
७. रक्त प्रवाह बढ्नाले मुटुलाई बढी काम गर्नुपर्छ ।
८. बढी पसिना बग्नाले शरीरमा फ्लूइडको कमी हुन जान्छ ।
९. बढी पसिना बग्नाले रगत बाग्लो पनि हुन सक्छ ।
१०. वर्क लोड बढ्नाले मुटुलाई रगत पम्प गर्न मुश्किल पर्छ ।
११. यसकारण मुटुलाई पर्याप्त अक्सिजन मिल्दैन् ।
१२. यसकारण गर्मीमा हर्ट अट्याकको खतरा बढ्न जान्छ ।

कुन मानिसहरु सबैभन्दा बढी जोखिममा छन् ?

डा. अवधेश शर्माकाअनुसार अत्याधिक गर्मी वा हिट वेवको समयमा समयमा शरीरमा तनाव बढ्छ, जसका कारण मुटुले सामान्यभन्दा बढी काम गर्नुपर्छ । निम्न मानिसहरुलाई यसको सबभन्दा बढी खतरा हुन्छ ।

—मुटु रोग भएकाहरुः यदि कसैलाई कोरोनरी धमनीको रोग वा हर्ट फेलियर भएको छ भने ।
—उच्च रक्तचाप वा मधुमेहबाट पीडित व्यक्तिहरुः यी व्यक्तिहरुको रक्तनलीहरु पहिले नै संवेदनशील हुन्छन् ।
—६० वर्षभन्दा माथिका वृद्धवृद्धा : यी व्यक्तिहरुको थर्मोरेगुलेसन क्षमता कमजोर हुन्छ ।
—गर्भवती महिलाहरुः उनीहरुको शरीरमा दोहोरो जिम्मेवारी हुन्छ, जसले मुटुमा भार बढाउँछ ।
—गर्मी सहरी इलाकामा बस्नेहरुः जोसँग सामान्यतयाः पर्याप्त शीतलन सुविधा हुँदैंन् ।
—कडा परिश्रम र बाहिर काम गर्ने मानिसहरु: विशेषगरी निर्माण कामदारहरु, डेलिभरी गर्ने मानिसहरु वा घाममा काम गर्ने मानिसहरु ।

हृदयघातबाट कसरी बच्ने ?

जलवायु परिवर्तन अब केवल वातावरणीय मुद्दा मात्र रहेन तर स्वास्थ्य समानताको प्रमुख प्रश्न बनेको छ । गरिब र वृद्धवृद्धाहरु यसबाट सबैभन्दा बढी जोखिममा छन् ।

आगामी वर्षहरुमा अत्याधिक गर्मीका कारण मुटुको स्वास्थ्य सबैभन्दा ठूलो चुनौती बन्न सक्छ । यसबाट बच्ने केही सजिलो उपायहरु छन् ।

हाइड्रेशनमा ध्यान राख्नुहोस्
शरीरमा पानी र खनिज पदार्थको कमी नहोस् भनेर सकेम्सम्म धेरै पानी र इलेक्ट्रोलाइटयुक्त पेय पदार्थ पिउनुहोस् । नरिवल पानी, मोही, कागती पानीजस्ता पेय पदार्थहरु उपयोगी हुन्छन् ।

कडा घामबाट बच्नुहोस्
विहान ११ बजेदेखि ४ बजेसम्म घरबाट बाहिर नस्किनुहोस् । यो सबैभन्दा बढी तापक्रम हुने समय हो ।

हल्का र खुकुलो लुगा लगाउनुहोस्
हल्का रंगको, सुती र पसिना सोस्ने लुगा लगाउनुहोस् । शरीरलाई खुला र शीतल राख्नुहोस् ।

मुटुका बिरामीहरुले नियमित औषधि लिनुहोस्
यति तपाईं पहिले नै रक्तचाप वा मुटु रोगबाट पीडित हुनुहुन्छ भने समयमै औषधि लिनुहोस् र डाक्टरसँग परामर्श नगरी खुराकमा कुनै परिवर्तन नगर्नुहोस् ।

क्याफिन र रक्सीबाट बच्नुहोस्
चिया, कफी र रक्सीले डिहाइड्रेसन बढाउन सक्छ र मुटुमा दबाब दिन सक्छ । यी पदार्थहरुको सेवन सिमित गर्नुहोस् ।

खाने र पिउने कुरामा सावधान रहनुहोस्
गर्मीमा तारेको, मसालेदार र गह्रौं खानाले मुटुमा बढी भार पार्छ । हल्का, सजिलै पचाउन सकिने र फाइबसयुक्त खाना खानुहोस् ।

विहान वा बेलुका हिड्नुहोस् वा कसरत गर्नुहोस्
यदि तपाई ब्यायाम गर्नुहुन्छ भने गर्मीको समयमा यो काम नगर्नुहोस् । विहान सबेरै वा बेलुका हल्का हिड्नु राम्रो हुन्छ ।

एसी वा कुलरबाट बाहिर निस्कँदा सावधान रहनुहोस्
यदि तपाईं धेरै चिसो कोठामा हुनुहुन्छ भने सिधैं गर्मीमा नजानुहोस् । शरीरलाई विस्तारै कोठाको तापक्रममा अभ्यस्त हुन दिनुहोस् ।

-दैनिक भाष्करबाट भावानुवाद  


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ