२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आन्तरिक आम्दानी ४ करोड

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आन्तरिक आम्दानी ४ करोड


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आन्तरिक आम्दानी ४ करोड बढी भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रतिष्ठानले ४ करोड बराबर आन्तरिक आम्दानी गरेको हो ।

विल काउन्टर, फार्मेसी, अडियो भिडियो एक्स–रे सेवा, नाम दर्ता, एम्बुलेन्स सेवालगायतका सेवा उपभोग गरे बापत स्वास्थ्य बिमा नगराएका नागरिकबाट प्रतिष्ठानको आन्तरिक आम्दानी हुने गरेको प्रतिष्ठानको लेखा शाखाले जनाएको छ । कर्णाली प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीले पछिल्लो समय स्वास्थ्य बिमाका बिरामीहरू बढ्न थालेपछि आन्तरिक आम्दानी घट्दै गएको बताए ।

उनले भने, ‘स्वास्थ्य बिमामा नागरिकको पहुँच वृद्धि हुनु खुसीको कुरा हो । तर, आन्तरिक आम्दानी बढ्ने घट्ने कुरा गर्दा स्वास्थ्य बिमितको संख्या बढेपछि आन्तरिक आम्दानी घटेको हो ।’

आम्दानीका स्रोत अन्य क्षेत्र जस्तो प्रतिष्ठानमा नहुने भएकोले विल काउन्टर, फार्मेसी, अडियो भिडियो एक्स–रे सेवा, नाम दर्ताजस्ता नियमित सेवामार्फत गएको आर्थिक वर्षमा ४ करोड राजस्व उठेको कर्णाली प्रतिष्ठानका लेखा अधिकृत शाहीको भनाइ छ । उनका अनुसार गत आवमा प्रतिष्ठानमा कार्यरत पदाधिकारी स्थायी र करार कर्मचारीलाई वार्षिक तलब बापत ३४ करोड बढी खर्च भएको छ ।

प्रतिष्ठानमा हालमा ३ सय ५० जना कर्मचारी रहेका छन् । तीमध्ये ८५ जना स्थायी कर्मचारी हुन् । गत वर्ष संघीय सरकारबाट ६५ करोड विनियोजन भएपनि निकासा ४१ करोड रुपैयाँ भएको थियो । जसमा पुँजीगततर्फ १ करोड ११ लाख बजेट रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #आन्तरिक आम्दानी, #कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ