काठमाडौं—नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरमा इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार अस्पतालको कन्फ्रेन्स हलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले गरेका थिए ।
सो क्रममा उनले नेपाल क्यान्सर अस्पतालमा इन्टरभेनसनल पल्मोनोलोजी सेवाको महत्व, यसको निरन्तर विकास तथा संस्थाले प्रदान गर्दै आएको उन्नत श्वासप्रश्वास उपचार सेवाबारे उल्लेख गरेका थिए ।
कार्यक्रममा अर्का वक्ता अस्पतालका मेडिकल निर्देशक डा. विजेशराज घिमिरेले सिएमईको उद्देश्य, वैज्ञानिक महत्व तथा चिकित्सकीय अभ्यासमा यसले पार्ने सकारात्मक प्रभावबारेमा धारणा राखेका थिए ।
वैज्ञानिक सत्रको नेतृत्व कन्सल्ट्यान्ट क्लिनिकल इन्टरभेनसनल पल्मोनोलोजिष्ट डा. विश्वास शर्माले गरेका थिए । सत्रमा उनले इन्टरभेनसनल पल्मोनोलोजीअन्तर्गतका पाँच फरक—फरक केसहरु प्रस्तुत गर्दै क्रायो—एयरवे रिस्टोरेसन प्रविधीको प्रयोग, प्रभावकारिता र क्लिनिकल उपयोगिताबारे विस्तृत जानकारी दिए ।
कार्यक्रममा अस्पतालका नर्सहरु, बायोमेडिकल टिम सदस्य, विभागीय प्रमुख, चिकित्सक, इन्चार्ज तथा सुपरभाइजरहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्तमा अस्पतालका एकेडेमिक निर्देशक डा. गिसुपनिख प्रसिकोले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।