२०८२ माघ ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यओम हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफल

ओम हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफल


काठमाडौं—चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा अर्थोपेडिक सर्जरीमा जटिल मानिने रिभर्स सोल्डर आर्थोप्लाष्टि नामक जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। झापाको भद्रपुरका ८१ वर्षीय जेष्ठ नागरिक सावित्री श्रेष्ठलाई लडेर गम्भीर चोट लाग्दा कुमको हाड जटिल किसिमले भाँचिएको थियो।

उक्त समस्याको उपचारका लागि वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा जोर्नी प्रत्यारोपण सर्जन प्रा.डा. नवीसमान सिंह प्रधानको नेतृत्वमा रहेको चिकित्सक टोलीले रिभर्स सोल्डर आर्थोप्लाष्टि विधिबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

शल्यक्रिया टोलीमा प्रा.डा. प्रधानसँगै अर्थोपेडिक सर्जनहरू डा. विदुर ज्ञवाली र डा. सुसन बैद्य संलग्न थिए । त्यसैगरी, एनेस्थेसिया टोलीमा सिनियर कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट प्रा.डा. श्याम महर्जन र डा. अस्मिता महर्जनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

हस्पिटलकाअनुसार शल्यक्रिया सफल भएसँगै बिरामीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार देखिएको र गत बुधबार अस्पतालबाट डिस्चार्ज भएको हस्पिटलले जनाएको छ। यस्तो जटिल तथा आधुनिक शल्यक्रिया नेपालमै सफलतापूर्वक सम्पन्न हुनु चिकित्सा क्षेत्रमा थप उपलब्धिका रूपमा हेरिएको छ।

ओम हस्पिटलका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठले अपचारमा संलग्न चिकित्सक टोलीसँगै विजेता मानन्धर, मिनु श्रेष्ठ, मनिषा लामा, मञ्जु मेहता र लक्ष्मण श्रेष्ठलगायतको नर्सिङ टिमलाई धन्यवादसहित बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ