२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिम्ता गाउँपालिकामा थप पाँचवटा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

सिम्ता गाउँपालिकामा थप पाँचवटा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना


सुर्खेत – सुर्खेत जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाले जनताको स्वास्थ्य पहुँच अभिवृृति गर्नकालागि थप पाँचवटा नयाँ सामुदायिक स्वाथ्य केन्द्र स्थापना गरिएको बताएको छ । जसमा दुरपाला, बाखर्क, बैसपानी, नयाँ आलि र गान्द्रामा नयाँ सामुदायिक स्वाथ्य केन्द्र थप गरिएको हो ।

पालिकाको पहिलो गाउँसभाबाट सिम्ता उज्यालो, पहुँचमार्ग र जनतासँग सिम्ता गाउँपालिकासहित तीनवटा लक्ष तय गरेका थियौं । गाउँपालिका अध्यक्ष कबिन्द्रकुमार केसी भन्छन्, ‘जसमा स्वास्थ्य, शिक्षा, कृषि, आय आर्जन पर्दछ । त्यसका लागि हाम्रो आठवटा गाबिस मिलेर बनेको पालिकामा आठ वटा स्वाथ्य केन्द्रहरु थिए ।’

त्यतिमात्र स्वास्थ्य केन्द्रले दुरदराजका जनताको स्वास्थ्यमा पहुँच नपुग्ने भएकाले नयाँ सामुदायिक स्वाथ्य केन्द्र थप गरिएको हो ।

दुईवटा सामुदायिक स्वास्थ्य केन्द्र स्थानिय सरकार आउनु पहिले संचालनमा आएका थिए भने तीनवटा स्वास्थ्य केन्द्र स्थानिय सरकार स्थापना भइसकेपछि स्थापना भइ संचालनमा आएको गाउँपालिकाले जनाएको छ ।

यसका साथै जनतासंग सिम्ता गाउँपालिका अन्र्तगत ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई चौमासिक रुपमा निशुल्क स्वास्थ्य उपचार गर्ने गरिएको गाउँपालिका अध्यक्ष केसीको भनाई छ । साथै वार्षिक रुपमा आँखा र दातँको शिविर संचालन गर्ने गरिएको छ । जसमा सिम्ता सहित सल्यान, जाजरकोट लगायतका नागरिकले सेवा लिने गरेको उनको भनाइ छ ।

नयाँ सामुदायिक स्वास्थ्य केन्द्रसँगै जनशक्ति पनि बढाउने काम गरिएको छ । उनी भन्छन्, ‘स्वास्थ्यकर्मीलाई गाउँपालिकाले नै सेवासुविधा दिएको छ ।’

हाल कोभिड-१९लाई मध्यनजर गरी सिम्ता गाउँपालिकामा एक करोड बजेट विनियोजन गरीएको छ । जसमा आसोलेसन, क्वारेन्टाइन, स्वास्थ्य सामाग्री र औषधि व्यवस्थापनमा खर्च गरिने उनको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ