२०८२ चैत्र १, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यमेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव

मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव


ललितपुर—किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र नयाँदिल्लीस्थित मेदान्तबीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान—प्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार चिकित्सकहरुबीच अनुभव साटासाट गर्दै जटिल रोगहरुको उपचार तथा व्यवस्थापनबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मेदान्तका सिनियर निर्देशक—कार्डियो सर्जरी डा. सुरिन्द्र बजाज तथा अध्यक्ष—न्यूरो साइन्सेज डा. भी.पी सिंहको विशेष उपस्थिती रहेको थियो । डा. सुरिन्द्र र डा. भिपीले किष्टका चिकित्सकहरुसँग अन्तक्रिया गर्दै आफ्नो दीर्घ अनुभव तथा विशेषज्ञता साझा गरेका थिए ।

किष्टका १०० भन्दा बढी युवा चिकित्सकहरुको सहभागित रहेको उक्त अन्तक्रिया कार्यक्रममा क्लिनिकल केसहरुमाथि पनि संक्षिप्त छलफल गरिएको थियो । यसले चिकित्सकहरुलाई महत्वपूर्ण सिकाइको अवसर प्रदान गरेको अस्पतालले जनाएको छ ।

किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र मेदान्त गुणगाउँ भारतबीच केही महिनाअघि सहकार्य गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार टेलिमेडिसिन सेवा पनि किष्टले सञ्चालन गरिरहेको छ । जसले जटिल रोगहरुको उपचारका लागि भारत जानुपर्ने बिरामीको बाध्यतालाई कम गर्ने अपेक्षा अस्पतालको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ