२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो स्टोरीः जन्डिस हुँदा मासु र बेसार खान हुन्छ कि हुँदैन ?

भिडियो स्टोरीः जन्डिस हुँदा मासु र बेसार खान हुन्छ कि हुँदैन ?


गर्मीयाममा नेपालसहित दक्षिण एसियाका धेरै देशहरुमा विशेष गरी जन्डिस तथा हेपाटाइटिस रोग देखिन्छ । यो प्रदूषित खाना र पानीबाट सर्ने गर्छ । यसका विभिन्न कारणहरु हुन्छन् । जन्डिसलाई हामी बिलिरुबीन पनि भन्छौं ।

हाम्रो रातो रगतको आयु १ सय २० दिन हुन्छ । यसको आयु पुगेपछि निकास (एपोप्तोसिस) प्रक्रियामा जान्छ । रातो रगतमा भएका हेमोग्लोबीनबाट (बिलिभर्दीन) पिगमेन्ट आउँछ, पछि जुन कलेजोमा पुगेर बिलिरुबीन बन्छ । बिलिरुबीन बढेर नै शरीर, आँखा र छालामा जन्डिस देखिन्छ ।

जन्डिसका प्रकार

प्रि ह्यापेटिक : प्रायः रगतमा समस्या भएमा देखिने जन्डिस हो । रातो रगतका विभिन्न समस्याका कारण रक्त कोषिकाहरु ड्यामेज हुँदै गएमा बिलिरुबीनको मात्रा बढ्छ । रक्त कोषिकाहरु जति बढी ड्यामेज हुन्छ, त्यतिनै बिलिरुबीनको मात्रा बढ्छ ।

इन्ट्रा ह्यापेटिक : कलेजोको समस्याका कारणले यो जन्डिस देखिन्छ । जुन मद्यपान, हेपटाइटिस, कलेजोको सिरोसिस तथा अन्य आनुवंशिक कारण (Gilbert Syndrome इत्यादि) ले गर्दा हुन्छ ।

पोस्ट ह्यापेटिक : कलेजोबाट पित्तथैली हुँदै आन्द्रामा निकास हुने पहेलो पानी (bile) बग्ने क्रममा पित्तको नली साँघुरो भयो, पित्तथैलीमा पत्थरी भयो र पित्तको नलीमा मासु पलाउनेजस्ता समस्याका कारण ब्लक भएर निकास भएन भने जन्डिसको रुपमा शरीरमै रहन्छ । जसलाई पोस्ट ह्यापेटिक भन्छौं ।

जन्डिसका लक्षणहरु :

  • खाना नरुच्ने
  • जोर्नीहरु दुख्ने
  • वाकवाकी लाग्ने
  • दाइने कोखा दुख्ने
  • बिलिरुबीन बढ्दै गएपछि आँखा, छाला पहेलो देखिंदै जाने ।

यसको निदान

यसको कारण पत्ता लगाउन लिभर फंक्सन र रगत परीक्षण गरिन्छ । प्रायः नेपालमा देखिने जन्डिस भनेको सिजनल हो । जुन भाइरल हेपाटाइटिसका कारण लाग्छ । हेपाटाइटिस ए, बी, सी, डी र ईमध्ये हेपाटाइटिस ‘ए’ र ‘ई’ प्रायः गर्मी मौसममा प्रदूषित खाना र दूषित पानीले सर्छ । बाँकी बी, सी, डी रगतको संक्रमणबाट सर्छ ।

के जन्डिस भएपछि बेसार र मासु खान हुँदैन ?

बेसार खान नहुने भन्ने कुरामा कुनै सत्यता छैन । बुझाइमा धेरैलाई यसबारे भ्रम छ । यो समय खानामा नियन्त्रण र सरसफाइमा ध्यान दिनुपर्छ । सादा खाना र चिल्लो नभएको खानेकुरा खानु पर्दछ । यो रोग आफैं विस्तारै क्रमिक रुपमा सुधार हुँदै जान्छ ।




क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #जन्डिस, #डा. रेशम पुन, #फिजिसियन, #स्टार अस्पताल, #हेपाटाइटिस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ