२०८२ साउन १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबर्खायाममा हुन सक्ने स्वास्थ्य समस्या र जोगिने उपाय

बर्खायाममा हुन सक्ने स्वास्थ्य समस्या र जोगिने उपाय


वर्षायाम वर्षा र उब्जनीको समय मात्र नभएर विभिन्न स्वास्थ्य समस्या आउने समय पनि हो । यस समयमा अत्याधिक वर्षा, चिसो वातावरण, आद्रताका कारण श्वासप्रश्वासदेखि लिएर छालाका समस्या देखिन्छन् । विशेषगरी बालबालिका, दीर्घरोगका बिरामी र वृद्धवृद्धाहरु बढी जोखिममा हुन्छन् ।

कस्ता समस्या हुन्छन् ?

दुषित पानी र खानका कारण
-झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिसजस्ता रोगको संक्रमण बढ्न जान्छ ।
-मच्छरजन्य रोग
-डेगीं, मलेरिया अन्य किटजन्य रोग जनावरबाट आउने रोगहरु पनि लाग्न सक्छन् ।

बाढी र माटोबाट सर्ने
-लेप्टोस्पारोसिस, स्क्रब टाइफस

श्वासप्रश्वास सम्बन्धी
-रुघाखोकी, निमोनिया, दम बढ्ने

छालाजन्य
-एलर्जी, डाबर, फङ्गल संक्रमण

लक्षणहरु

डेगीं

  • उच्च ज्वरो आउनु
  • टाउको मांसपेशी धेरै दुख्नु
  • वाकवाकी लाग्नु
  • उल्टी हुनु
  • चक्कर आउनु

स्क्रबटाइफस

  • ज्वरो आउने
  • टाउको, मांसपेशी दुख्ने
  • कालोडाम देखिने
  • कलेजो, दिमाग, फोक्सोलाई असर गर्न सक्ने

लेप्टोस्फाइरोसिस

  • ज्वरो आउने
  • टाउको दुख्ने
  • आँखा रातो हुने
  • कलेजो, मिर्गौलालाई असर गर्न सक्ने

टाइफाइड

  •  पेट दुख्ने
  • ज्वरो आउने
  • बान्ता हुने
  • पखाला हुन सक्ने
  • टाउको दुख्ने

हेपाटाइटिस

  • पेट दुख्ने
  • वाकवाकी हुने
  • उल्टी हुने
  • शरीरमा पहेलोपना देखिने

जोगिने उपायहरू

  • उमालेर वा फिल्टर गरेर मात्र पानी खाने
  • खाना राम्रोसँग पकाएर खाने
  • साबुन पानीले सफासँग हात धुने
  • सडकछेउका खानेकुरा नखाने
  • शरीर सुख्खा राख्ने
  • मच्छर भगाउन फूल वा रिपेलेन्ट प्रयोग गर्ने
  • घर वरिपरी पानी जम्न नदिने
  • घर वरपरका झारपात हटाउने

रोग लागेमा के गर्ने ?

झाडापखाला भएमा जीवनजल खाने र नरोकिएमा चिकित्सकको सल्लाह लिने
सामान्य ज्वरोलाई पारासिटामोल सम्म खुवाउन मिल्छ तर चिकित्सकीय सल्लाहबिना खान नहुने औषधिहरु (NSAID) आफै नखाऊ
डेगीँ हुँदा झोलकुरा, पानीको प्रशस्त सेवन गर्नुपर्छ
स्क्रब टाइफस, लेप्टोसपाइरोसिस, हेपाहाटिस, टाइफाइजस्ता रोगको शंका लागेमा चिकित्सक परामर्श लिने गर्नुपर्छ ।

कहिले स्वास्थ्य संस्था जाने ?

  • तीन दिनभन्दा बढी ज्वरो अथवा एकदमै शिथिल अवस्था छ भने
  • अत्याधिक पखाला वा वान्ता भएमा
  • एकदमै पेट दुःखेमा
  • नाकमुखबाट रागत आएमा अथवा पिसाब गाढा भएमा
  • पिसाब कम भएमा
  • एकदमै चक्कर लागेमा
  • धेरै कमजोरी महसुस भएमा
  • श्वासप्रश्वासमा केही समस्या आएमा

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ