२०८२ भदौ ११, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुभद्रा भण्डारीको सल्लाहः हैजा के हो ? यसबाट कसरी बच्न सकिन्छ ?

डा. सुभद्रा भण्डारीको सल्लाहः हैजा के हो ? यसबाट कसरी बच्न सकिन्छ ?


कोलेरा वा हैजा एक गम्भीर पखालाजन्य रोग हो । समयमा उपचार भएन भने घण्टा भरमै घातक हुन सक्छ ।

विश्वमा वर्षेनी हैजाबाट करिब २१ हजारदेखि १ लाख ४३ हजारसम्मको मृत्यु हुने गरेको छ । नेपालमा पनि हैजाको जोखिम उत्तिकै हुन्छ र भर्खरै पूर्वी तराईमा फैलिएको हैजाले त्यही संकेत गर्छ ।

हैजा सर्ने कारण

हैजा गराउने किटाणुको नाम Vibrio cholera हो । वर्षायाममा दूषित पानी र खानाको कारण हैजा फैलिने जोखिम धेरै हुन्छ ।

लक्षण

  • हैजामा विशेषतयाः पखालाजन्य रोग भएकाले पानीको मात्रा शरीरबाट धेरै जान्छ ।
  • हैजा केही पनि लक्षण नलिई हरुलाई सर्न मात्र सक्छ ।
  • पखाला लाग्दा सामान्य डिहाइड्रेसनदेखि लिएर गम्भीर डिहाइड्रेसन हुन सक्छ र ज्यान नै जान सक्छ ।
  • अरु लक्षणहरुमा वान्ता, ज्वरो हुन सक्छ ।

उपचार

सामान्य हैजामा प्रशस्त मात्रामा जीवनजल वा ओआरएस खाने तर ओआरएस खाँदाखाँदै एकदमै शिथिल भएको अवस्थामा, प्रेसर घटेमा, पिसाब कम आएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र भर्ना हुने । बिरामीलाई आईभी फ्लुड र एन्टीबायोटिक चाहिन्छ । लक्षण १२ घण्टादेखि ५ दिनसम्म देखा पर्न सक्छ ।

सचेतना बढाउने उपाय

  • स्वच्छता र सरसफाइ
  • साबुन पानीले सफासँग हात धुने
  • पानीको स्रोत सफा राख्ने, पानी उमालेर खाने
  • मानव फोहोरको सुरक्षित व्यवस्थापन
  • रोगको लक्षणबारे जानकारी लिने
  • मुखद्वारा लिइने हैजा खोप (यो खोप आपत्तकालीन नियन्त्रण र रोकथामका लागि प्रयोग गरिन्छ ।)
  • सर्वेक्षण प्रणाली मजबुत बनाउने
  • हैजा भएको जति चाँडो थाहा हुन्छ, त्यति नै चाँडो नियन्त्रण गर्न सकिन्छ ।
  • जोखिम सम्बन्धी जानकारी र समुदायको संलग्नता बढाउने ।

सन्देश

आर्थिक विकास, स्वच्छ पानीमा पहुँच र आधारभूत सरसफाइ नै हैजा नियन्त्रण गर्ने प्रमुख उपाय हो । हैजाका बिरामीलाई समयमा र राम्रो उपचार सेवा दिन सकिएमा यसबाट हुने मृत्युदर १ प्रतिशत मात्रै हो । त्यसैले हैजा नियन्त्रण गर्नु भनेको हैजा हुन नदिनु हो । जुन हाम्रो समाज र व्यवहारलाई सुधारेर निर्मुल गर्न सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ