क्यान्सर उपचारमा स्टीरियोटैक्टिक रेडियो सर्जरी (एसआरएस) तथा स्टीरियोटैक्टिक बडी रेडियोथेरापी (एसबीआरटी) क्यान्सर रोगको उपचारमा मुख्यतः प्रयोग गरिने तीन प्रमुख उपचार पद्दतिहरु क्रमसः शल्यचिकित्सा, विकिरण चिकित्सा (रेडियोथेरापी) र सिस्टमिक एन्टी क्यान्सर थेरापी (किमोथेरापी, इम्यूनोथेरापी, टारगेटेड थेरापी)मध्ये रेडियोथेरापी उपचार विधाअन्तर्गतका विशिष्टीकृत उपचार पद्धतिमा स्टीरियोटैक्टिक रेडियो सर्जरी (एसआरएस), स्टीरियोटैक्टिक बडी रेडियोथेरापी (एसबीआरटी) तथा स्टीरियोटैक्टिक एब्लेटिव रेडियोथेरापी (एसएबीआर) पर्दछन् । यी क्यान्सरको उपचारमा विकसित पछिल्ला र आधुनिक उपचार पद्धतिहरु हुन् ।
यी उपचार पद्धतिमा अत्याधुनिक उपकरणको प्रयोगबाट शरीरका मस्तिष्क, फोक्सो, कलेजो, हड्डी आदि भागहरूमा पलाएका वा एक ठाउँबाट फैलिएर अर्को अंग प्रत्यङ्गमा पुगेका क्यान्सरका कोषिकाहरुलाई सटीकताका साथ लक्षित गरी कुनै चिरफार नगरिकन सटिक मात्रामा रेडिएशन दिएर उपचार गर्ने गरिन्छ।
साथै, उच्चस्तरिय उपकरण, विशेषज्ञ चिकित्सकीय र फिजिक्स टोलीको सहकार्यद्वारा वरपरका सामान्य कोषिकाहरुलाई हुने जोखिमलाई न्युन राख्दै रेडिएशनद्वारा क्यान्सर कोषिकाहरुलाई निर्मूल पार्ने तवरले उपचार गरिन्छ।

यस उपचार पद्धतिद्वारा शल्यक्रिया गर्न उपयुक्त नहुने वा उच्च जोखिम हुने शरीरका विभिन्न भागमा रहेका क्यान्सर कोषिकाहरुलाई समेत प्रभावकारी उपचार गर्न सकिन्छ।
साथै उपचार समय पनि निकै छोटो हुने भएकाले बिरामीलाई यथाशीघ्र उपचार सकेर आफ्नो दैनिक जीवनमा फर्किन सहज हुन जान्छ।
हाल आएर यस पद्धतिको प्रयोगले क्यान्सर उपचार, विशेषतः एक भागबाट अर्को सिमित भागमा सरेको क्यान्सरलाई पनि निको पार्ने तवरले उपचार गर्न सकिने परिधी अझै फराकिलो हुँदै, नवीनतम आशा छाउन गएको छ।
केही वर्षअघिसम्म यो उपचार लिन विदेश नै धाउनुपर्ने बाध्यता भएतापनि हाल आएर नेपाल मै पूर्वको विराट क्यान्सर इन्स्टिच्युटलगायतका केही संस्थामा थुप्रै बिरामीहरु यस पद्धतिबाट लाभान्वित भएका छन्।
(नयाँदिल्लस्थित एम्सबाट एमडी गरेको डा. घोष हाल क्यानाडाको म्यानिटोबा विश्वविद्यालयमा क्लिनिकल फेलोका रुपमा कार्यरत छन् ।)