२०८२ माघ १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण

किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण


शरीर काँप्ने आफ्नै भिन्न–भिन्न कारणहरु रहेका छन् । शरीरको अवस्थाअनुसार फरक–फरक कारणले शरीर काँप्ने भएकोले हामीले यसै ठोस कारणले गर्दा नै शरीर काँप्छ भन्न सकिदैन । सामान्यतयाः शरीर काँप्ने समस्या नशासँग सम्बन्धित भएतापनि यो कुनै–कुनै समयमा व्यक्तिमा विभिन्न कारणवस देखा पर्छ । त्यसैले व्यक्तिमा शरीर काँप्ने समस्या के कारण देखा पर्‍यो भन्ने तथ्य भने बिरामीको आवश्यक चेक जाँच नगरी यसै भन्न सकिदैन ।

शरीर काँप्ने समस्या भएका कुनै पनि व्यक्तिमा सर्वप्रथम हामीले के कारण व्यक्तिमा यस्तो समस्या देखा पर्‍यो भन्ने विषयको परीक्षण गरेर मात्रै यस कारण सो व्यक्तिमा शरीर काँप्ने समस्या देखा परेको हो भन्ने विषयको निक्र्यौल गर्न सकिन्छ । शरीर काँप्नुका विभिन्न कारण हुन्छन् । त्यसमध्ये केही विशेष कारणहरु भने यसप्रकार रहेको छ :

  • रगतको कमी, गडबडी वा खराबी
  • विभिन्न औषधीको प्रयोग
  • कमजोरी
  • बुढ्यौली उमेर
  • छारे रोग
  • क्याफिनका कारण
  • हार्माेनको कारण
  • पार्किन्सन्स
  • थाइराइड
  • र, विभिन्न रोगहरुको संक्रमण ।

यसबाहेक शरीर काँप्नु पछाडि शारीरिक पक्षको मात्र नभै मानसिक पक्षको पनि सम्बन्ध उत्तिकै रहन्छ । कहिलेकाहीं व्यक्ति रिसाउँदा, आत्तिदा तथा नर्भस भएको समयमा पनि शरीर काँप्ने हुन्छ । व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यी विषय मानसिक पक्षसँग सम्बन्धित हुने भएकोले यस्ता अवस्थामा शरीरमा एक किसिमको हार्माेन पैदा हुन्छ ।

जसले मुटुको गतिलार्ई तीव्र बनाउँछ । र, शरीर काँप्ने तथा पसिना आउन थाल्छ । प्रायजसोः यस्तो अवस्था व्यक्तिमा क्षणिक रुपमा देखा पर्छ । तर, अत्याधिक एन्जाइटी तथा डिप्रेसनको कारण व्यक्तिमा निरन्तर रुपमा यस्तो अवस्था देखा परेमा भने आवश्यक उपचार नै गर्नुपर्ने हुन्छ ।

व्यक्तिमा देखा परेको शरीर काँप्ने समस्यालाई भने रोग भनिदैन । माथि उल्लेख गरेजस्तै यो कुनै पनि शारीरिक तथा मानसिक समस्या वा अवस्थाको प्रतिफल भएकोले यो व्यक्तिमा विभिन्न रोग वा समस्याको लक्षणको रुपमा मात्रै देखा पर्छ ।

रोकथाम तथा उपचार

व्यक्तिमा देखा पर्ने यस्ता समस्या रोग नभै कुनै रोग विशेष वा शारीरिक तथा मानसिक अवस्थाको लक्षण रहेको हुँदा सर्वप्रथम हामीले यो समस्या के कारण देखा प¥यो भन्ने विषयको आवश्यक परीक्षण तथा चेक जाँच गराउनु पर्छ ।

यसरी व्यक्तिमा यस्ता समस्या देखा पर्नु पछाडिको कारणलाई हामीले उपचार गरेको खण्डमा भने व्यक्तिको यस समस्या स्वतः रुपमा नियन्त्रण हुन पुग्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ