२०८२ भदौ १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति

मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति


जनकपुरधाम—मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ‘अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम’ को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

श्रम विभागमा दर्ता भएको उक्त युनियनले विधानअनुसार डा. अनिलकुमार ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डा. राजेश कुमार शाह, सचिवमा अजितकुमार तिवारी, सह–सचिवमा ई. पवनकुमार महतो र कोषाध्यक्षमा किरण यादव रहेका छन् ।

यसैगरी, सदस्यहरू डा. रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, विभा कर्ण, पुनम ठाकुर, कौसिल्या तिमिसिना, विना साह, अशोककुमार यादव, श्रीचन मण्डल र बंकर मेस्तर चयन भएका छन् ।

त्यस्तै, सल्लाहकार समितिमा पूर्व अध्यक्ष डा. रविन्द्रकुमार सिंह र कानुनी सल्लाहकार एमके झा रहने निर्णय गरिएको छ ।

यसैगरी, निजामती कर्मचारी बाहेक मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई विधानअनुसार सदस्यता शुल्क लिएर सदस्यता वितरण गर्ने निर्णय नयाँ कार्यसमितिले गरेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ