२०८२ असार ८, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशपशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास

पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास


चरिकोट—पशुपति चौलागाई स्मृति अस्पतालमा विपदको समयमा घाइतेलाई छिटो—छरितो र सहज तरिकाले कसरी सेवा प्रवाह तथा उपचार गर्न सकिन्छ भनेर मक ड्रिल अभ्यास गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई विपद व्यवस्थापनको लागि मक ड्रिल अभ्यास गरेका हुन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा पशुपति चौलागाई स्मृति अस्पतालले विपद व्यवस्थापन मक ड्रिल अभ्यास गरिएको हो । मक ड्रिल अभ्यासमा दोलखाको वैतेश्वर गाउँपालिका मैनापोरखीमा यात्रुवाहक सवारी साधान दुर्घटना भइ घाइते भएका बिरामीहरुको उपचार गर्न प्रहरीलाई पूर्वसूचना आएको आधारमा अस्पतालमा ल्याईसकेपछि कहाँ कसरी उपचार गर्न सकिन्छ भन्ने कृतिम घटनामा आधारित अभ्यास गरिएका थिए । यात्रुवाहक सवारी साधान दुर्घटना हुँदा ठूलो संख्यामा यात्रुहरु घाईते भएका र एम्बुलेन्समार्फत अस्पतालमा ल्याउने बित्तिकै क—कसको भूमिका के रहन्छ र आवश्यक उपकरणहरुको तयारी कसरी गर्न सकिन्छ भनेर कृत्रिम अभ्यास गरिएको पशुपति चौलागाई स्मृति अस्पतालका कार्यालय प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिए ।

वार्षिक रुपमा गर्दै आएको यस खालको मक ड्रिल अभ्यासमा जिल्ला प्रहरी कार्यालय, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुको घाइतेको भूमिकामा रहेका थिए । सहभागी सुरक्षाकर्मीहरुले कृत्रिम घटना र घाइतेलाई वास्तविकतामा बदलिएर अभ्यास गरेका थिए । अस्पतालका स्वास्थ्यकर्मीहरुले घाइतेको अवस्था हेरी उपचार गरेका थिए । यस खालको मक ड्रिल अभ्यासले स्वास्थ्यकर्मीहरुको आत्मबल बढ्नुको साथै ठूलो संख्यामा घाइते भई अस्पतालमा ल्याएको खण्डमा उपचार गर्न सक्षम र तयारी अवस्थामा रहने पाठ सिकाइ भएको पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमालले बताए ।

यात्रुवाहक गाडीमा २० जना रहेकोमा सवारी दुर्घटनामा १७ जना घाइते र घाइतेलाई अस्पतालले रेड, एल्लो र ग्रीन जोनमा विभाजन गरी उपचार गरेका थिए । घाइतेहरुको उपचारपछि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र घाइतेको भूमिकामा रहेका पात्रहरुले आ—आफ्ना अनुुभव सुनाएर समीक्षा गरेका थिए । उपचारको बारेमा अस्पतालले आफन्तजन र सर्वसाधारणलाई जानकारी दिन सूचना केन्द्रको समेत व्यवस्था गरिएको अस्पतालका कार्यालय प्रमुख डा. खड्काले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ