२०८२ असार ११, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशभीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता

भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता


चरिकोट—दोलखा भीमेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ । स्वास्थ्य क्षेत्र संवेदनशील र महत्वपूर्ण भएकाले दीर्घ रोगका बिरामी तथा गम्भीर प्रकृतिका रोगलाई निःशुल्क उपचारको लागि नगरपालिकाले प्राथमिकतामा राखेको हो ।

७ औं नगरसभामा भीमेश्वर नगरपालिकाका उपप्रमुुख कमला बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै उक्त जानकारी दिएका हुन् । आर्थिक वर्ष २०८२÷८३ मा कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम प्रस्तुुत गरिएको उनले जानकारी दिएकी हुन् । यही आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी बजेट समेत विनियोजन गरिएको उनले जानकारी दिइन् ।

स्वास्थ्य तथा पोषणः स्वस्थ भीमेश्वरवासी, उत्कृष्ट स्वास्थ्य सुविधा भन्ने सोचका साथ स्वास्थ्य सेवामा पहुँच वृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने नीति पूरा गर्न आमा सुरक्षा कार्यक्रम, संस्थागत सुत्केरी प्रोत्साहन, सुत्केरी पोषण भत्ता, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य परीक्षण, शहरी स्वास्थ्य केन्द्र सञ्चालन, विपन्न तथा गरिब नगरवासीका लागि स्वास्थ्य उपचारमा आर्थिक सहयोग, स्वास्थ्य संस्था व्यवस्थापन समिति, सवलीकरण, स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माण र सुधार, स्वास्थ्य चौकीहरुमा आवश्यक स्वास्थ्य सामग्रीहरु र औषधिको व्यवस्था, नगर हेल्थ र पोषण प्रोफाइल तयार, मानसिक स्वास्थ्य तथा मनोपरामर्श, योग अभ्यास, किड्नी डायलाइसिस सञ्चालनका लागि पशुपति चौलागाई स्मृति अस्पतालसँग साझेदारीका लागि बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले जानकारी दिइन । यस्तै, स्वास्थ्य क्षेत्रमा प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक र निरोधात्मक कार्यक्रमहरुलाई पनि नगरपालिकाले निरन्तरता दिने भएको छ ।

स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच सुनिश्चित गर्नको लागि आमा सुरक्षा कार्यक्रम, संस्थागत सुत्केरी हुने र समयमा नै जन्मदर्ता गराउने आमालाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता प्रदान गर्ने, वडा नं. ५ मा स्वास्थ्य संस्थासम्म पुुग्न नसक्ने जेष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममार्फत सेवा उपलब्ध गराउने, स्वास्थ्य चौकी नभएका वा स्वास्थ्य चौकीले समेट्न नसकेका नगरका क्षेत्रहरुमा शहरी स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य सेवा प्रवाह गराउने, विपन्न तथा गरिब नगरबासीका लागि स्वास्थ्य उपचारमा आर्थिक सहयोग उपलब्ध गराउनेजस्ता कार्यक्रमहरु बजेटमा छन् । स्वास्थ्य चौकीहरुमा आवश्यक स्वास्थ्य सामग्रीहरु र औषधिको व्यवस्था गर्दै आएको उपप्रमुख बस्नेतले नगरसभामा जानकारी दिएका हुुन् ।
जटिल प्रकृतिका बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारसँगको सहकार्यमा पशुपति चौलागाई स्मृति अस्पतालमा किड्नी डायलाइसिस उपकरण जडान गर्ने कार्य सम्पन्न भई सेवा सुुचारु भएको छ । भीमेश्वर नगरपालिकाभित्र बसोवास गर्ने दुुई हजार आठ सय जना ३० वर्षभन्दा माथिका महिलामा पाठेघरको मुखमा हुुने क्यान्सर परीक्षण गर्नुको साथै १० देखि १४ वर्ष समूहका विद्यालयमा रहेका र विद्यालय बाहिर रकेका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन, विभिन्न ८ वटा जटिल रोगीहरुलाई नेपाल सरकारबाट उपलब्ध गराउने १ लाख बराबरको सहयोगको लागि ७६ जनालाई सिफारिस उपलब्ध गराउनुुको साथै प्रति व्यक्ति १० हजार रुपैयाँ उपलब्ध गराइने बजेटमा छ । त्यसैगरी, ११९ जना ४ प्रकारका रोगीलाई मासिक ५ हजारका दरले उपचार खर्च उपलब्ध गराइएको उनले जानकारी दिइन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ