२०८२ साउन २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर

बागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा एमाले सांसद किरण थापामगर नियुक्त भएका छन् । मंगलबार नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले ९ सदस्सीय मन्त्रिपरिषद् गठन गर्दै थापामगरलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको क्याबिनेटमा पनि उनी स्वास्थ्यमन्त्री थिए । एमालेले थापामगरलाई पुनः स्वास्थ्यमन्त्रीमा दोहो¥याएको हो ।

एमालेको तर्फबाट थापामगरसँगै भौतिक पूर्वाधार विकासमन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा विन्दु श्रेष्ठ, वन तथा वातावरणमन्त्रीमा भरतबहादुर केसी र कृषि तथा पशुपन्छी विकासमन्त्रीमा मधुसुधन पौडेल नियुक्त भएका छन् ।

नेपाली कांग्रेसबाट भने कृष्णकुमार तामाङ खानेपानी, उर्जा तथा सिचाइमन्त्री र शिवराज अधिकारी मन्त्री नियुक्त भएका छन् । अधिकारीको जिम्मेवारी तोकिएको छैन ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ